मैत्रीपूर्ण फुटबलमा ब्राजिलको जित

प्रकाशित मिति:

एजेन्सी -मैत्रीपूर्ण फुटबलमा ब्राजिल विजयी भएको छ । मंगलबार राति ब्राजिलले चेक रिपब्लिकलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।पहिलो हाफमै रिपब्लिकले सुरुवाती अग्रता लिए पनि जोगाउन भने असफल भयो । रिपब्लिकका लागि डेभिड पेब्लिकाले गोल गर्दै ३७ औं मिनेटमा अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १ गोलले पछि परेको ब्राजिलले दोस्रो हाफमा ३ गोल थपेको थियो । जसमा रोबर्टो फिरमिनोले एक तथा ग्याब्रियल जेससले २ गोल गरेका थिए ।४९ औं मिनेटमा रोबर्टो फिरमिनोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । तर अन्तिम ७ मिनेट सम्हालिन नसक्दा चेक रिपब्लिक ब्राजिलसँग हार्न पुग्यो । जेससले ८३ औं र ९० औं मिनेटमा लगातार दुई गोल गरेपछि ब्राजिल अन्ततः ३–१ गोल अन्तरले विजयी भयो ।

मंगलबार रातिको अन्य मैत्रीपूर्ण फुटबलमा जापान, कोरिया, नाइजेरिया, सेनेगल, अर्जेन्टिना लगाएतका देशहरु पनि विजयी भएका छन् ।अर्जेन्टिनाले मोरक्कोमाथि १–० को जित निकालेको छ । लियोनल मेस्सी नखेलको खेलमा अर्जेन्टिनाको जितमा ८३ औं मिनेटमा एन्जेल कोरेराले गोल गरेका थिए ।यसैगरी जापानले बोलिभिया माथि १–० को जित निकाल्दा कोरियाले कोलम्बियामाथि २–१ को जित निकाल्यो ।