२८ दिनपछि खोल्यो पाकिस्तानले एयरस्पेस

प्रकाशित मिति:

पाकिस्तान-पाकिस्तानले २८ दिनपछि अन्तर्राष्ट्रिय र घरेलु उडानका लागि आफ्नो एयरस्पेस खुला गरेको छ । भारतसँग तनाव बढ्दै गएपछि पाकिस्तानले आफ्नो हवाई सीमा यात्री विमानको लागि बन्द गरेको थियो ।

पाकिस्तानले आज अर्थात् २७ फेब्रुअरीबाट आफ्नो बन्द एयरस्पेस यात्री र विमानका लागि खोलेको छ । अब पाकिस्तानको सबै हवाई अड्डाबाट घरेलु र अन्तर्राष्ट्रिय फ्लाइटले उडान भर्न सक्नेछन् । तर ट्रान्जिट फ्लाइटका उडानमा भने रोक कायम नै छ । सुरक्षाको कारण देखाउँदै बैङ्कक, क्वलालाम्पुर र नयाँ दिल्लीका उडान पनि सुचारु गरिएको छैन ।गएको फेब्रुअरी १४ भारतीय काश्मिरको पुलवामा जिल्लामा सुरक्षा बलमाथि भएको आत्मघाती हमलापछि भारत र पाकिस्तानबीच विवाद उत्पन्न भएको थियो ।पाकिस्तानको एयरस्पेस बन्द भएपछि यूरोप र अमेरिका भएर भारत आउने दर्जनौँ उडान प्रभावित भएका थिए । पाकिस्तानको एयरस्पेस भएर यूरोपबाट भारतको रुट छोटो र किफायती हो । यो रुट बन्द भएपछि धेरै एयरलाइन्स कम्पनीले आर्थिक नोक्सान बेहोरेका थिए ।