‘खाडी देशमा’ गौरव र शिल्पाको अभिनय

प्रकाशित मिति:

काठमाण्डौ– गायक प्रदीप भट्टराईको ‘खाडी देशमा’ भन्ने गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।गणेश चौधरीले अरेन्ज गरेको गीतमा संगीत स्वयं प्रदीपकै र शब्द नारायणप्रसाद निरौला र प्रदीप भट्टराईले साथमा लेखेका हुन् । दुई दशकको साङ्गीतिक अनुभव सँगालेका भट्टराईले यसअघि दुईवटा एल्बम बजारमा ल्याइसकेका छन् ।

नायक गौरव पहारी तथा शिल्पा पोखरेलको मुख्य भूमिका रहेको म्युजिक भिडियोमा सुरवीर पण्डित, रमा थपलिया, साजन माझी तथा पूर्णिमा मगरको पनि अभिनय रहेको छ ।क्रान्ति केसीको निर्देशनमा बनेको म्युजिक भिडियोमा आर्थिक अवस्थाले पिरोलिएर विदेशिनु पर्ने लाखौं नेपालीहरुको कथालाई प्रस्तुत गरिएको छ । भिडियोमा कलाकारहरुले वैदेशिक रोजगारका लागि बाहिरिनु परेपछिको वेदना र परिवारसँगको विछोडको मर्मस्पर्शी प्रसङ्गलाई भावनात्मक ढङ्गले अभिव्यक्त गरेका छन् ।गायक भट्टराईको ‘खाडी देशमा’ गौरव र शिल्पा ओ।एस।आर। डिजिटलको वितरण रहेको ‘खाडी देशमा’ को म्युजिक भिडियोलाई युट्यूबमा पनि रुचाइएको छ ।