सैनामैनाको बासँगढीमा ३ महिने निशुल्क सिपमुलक व्यूटिसियन तालिम सुरु

प्रकाशित मिति:

१३ चैत सैनामैना । सैनामैना नगरपालिका वडा नं ८ बासँगढीमा आजदेखी ३ महिने निशुल्क सिपमुलक व्युटिसियन तालिम सुरु भएको छ । सैनामैना नगरपालिका,साना किसान कृषि सहकारी संस्था लि.दुधराक्ष र रोटरी क्लव अफ सैनामैनाको संयुक्त आयोजनामा तालिम सुरु भएको हो । सौन्दर्यतासम्बन्धी सीप प्रदान गरेर युवतीहरूलाई स्वरोजगार बनाउने उद्देश्यले तालिम संचालन गरिएको कार्यक्रम संयोजक रिम बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।  साना किसान सहकारीको सभाहलमा एक कार्यक्रमको आयोजना गरी सैनामैना नगर उपप्रमुख बिना रानाले उद्धघाटन गर्नुभयो । सो अवसरमा बोल्दै रानाले महिलाहरुले सिप सिकेर केही आयआर्जन गर्ने तर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेकी रानाले महिलाहरु ब्युटिपार्लरका क्षेत्रमा मात्र नभई प्राविधिक क्षेत्रमा पनि सक्रिय भएर भाग लिन सहभागिहरुलाई आग्रह गर्नुभयो ।  आर.आई.डिष्ट्रिक ३२९२ नेपाल भुटान अन्तर्गत जोन १८ का एसिसटेन्ट गभर्नर एजाज आलमले व्यक्तिगत रुपमा मात्र नभई महिलाहरुले व्यवसाय गर्ने हेतुले तालिम सिक्नुपर्ने बताउनुभयो ।

रोटरी क्लव अफ सैनामैनाका अध्यक्ष खुसीराम चौधरीले महिलाहरुलाई स्वरोजगार बनाउन हौसला र प्रोत्साहन स्वरुप नगरपालिका र साना किसानको सहकार्यमा बासँगढीमा तालिम संचालन गरिएको बताउनुभयो । उहाँले आफ्नो सिपको सदुपयोग गरी व्युटिसियन बन्दै पार्लर खोल्न समेत यस तालिमले सहयोग पुर्याउने बताउनुभयो ।  तालिममा बासँगढी क्षेत्रका ३० जना युवती सहभागी छन् । तालिममा ब्युटीपार्लर व्यवसायी एवं प्रशिक्षक सिंजालीले सहभागीहरूलाई सौन्दर्यतासम्बन्धी सीप प्रदान गर्नुहुनेछ । तालिम असार १२ गते सम्म संचालन हुनेछ ।   उद्घाटन कार्यक्रम साना किसान कृषि सहकारी संस्था लि.दुधराक्षका अध्यक्ष नर बहादुर घर्तीको अध्यक्षता, सैनामैना नगरपालिका उपमेयर बिना रानाको प्रमुख आतिथ्यता तथा जोन १८ का एसिसटेन्ट गभर्नर एजाज आलमको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रम रोटरी क्लव अफ सैनामैनाका सचिव अशोक रानाको संचालनमा सम्पन्न भएको हो ।