अखिल नेपाल शिक्षक संगठन रुपन्देहीका अध्यक्ष रामजी आचार्य पक्राउ

१३ चैत्र २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
25 Shares


बुटवल । प्रहरीले अखिल नेपाल शिक्षक संगठन रुपन्देहीका अध्यक्ष रामजी आचार्यलाई पक्राउ गरेको छ । रुपन्देहीको सुर्यपुरा माध्यमिक बिद्यालयका सहायक प्रधानाध्यापक आचार्यलाई आज दिउसो कञ्चन गाउपालिकाको रुद्रपुर स्थित निवासबाट प्रहरीले पक्राउ गरेको संगठनका केन्द्रिय अध्यक्ष घनश्याम पाठकले जानकारी दिनुभयो । एसईई परिक्षाको सहायक केन्द्राध्यक्ष समेत रहेका आचार्यलाई बिना सर्त रिहा गर्न संगठनका केन्द्रिय अध्यक्ष पाठकले माग गर्नु भएको छ । उहाले संगठन नेपाल सरकारको श्रम मन्त्रालयमा दर्ता भएको आधिकारीक टेड युनियन भएकाले बिना कारण पक्राउ गर्न नमिल्ने बताउनु भएको छ । आचार्य पक्राउका सम्वन्धमा प्रहरीले औपचारिक जानकारी दिएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया