एक दिवसिय अन्तृकृया कार्यक्रम बर्दघाटमा सम्पन्न

१३ चैत्र २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
27 Shares


रामु भुषाल -सामुदायिक मेलमिलाप कर्ता समाज नेपाल बर्दघाट सुस्ता पश्चिम नवलपरासीको आयोजनामा बुधबार न्यायिक समिति संगको मेलमिलाप सम्बन्धी एक दिवसिय अन्तृकृया कार्यक्रम बर्दघाटमा सम्पन्न भएको छ । समाजका जिल्ला अध्यक्ष नारायण अधिकारीको अध्यक्षता एवं बर्दघाट नगरपालिकाकीनगर उपप्रमुृख एवं न्यायिक समितिकी समयोजक माया देवी पौडेलको प्रमुख आतिथ्यता तथा समाजका केन्द्रिय सदस्य नगेन्द्र प्रसाद यादवको वशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै अध्यष अधिकारीले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै गरिबीको रेखामुनी रहेका आम सर्वसाधारणको कानुनमा पहुच नहुनाका कारण सर्वसाधारणले न्यायको महसुस गर्न नसक्दा सबैलाई न्यायको महसुस हुने गरिपक्ष र विपक्षका कुरा सुनी दुबै पक्षको जित भएको आभास दिलाई द्धन्द्ध समाधान गर्ने उदेश्यक साथ सामुदायिक मेलमिलापकर्ताको अवधारणा आएको बताउनुभयो ।

अन्र्तकृया कार्यक्रममा प्रमुख प्रशिक्षकको रुपमा रहनुभएका सहजकर्ता सेलर्डका केन्द्रिय ब्यवस्थापन राममणि गौतमले कार्यक्रमको सहजिकरणगर्दै विवाद समाधानको लागी बैकल्पिक उपाय खोजी विवाद समाधान गर्न सकिने ब्यवस्था कानुनलेन ै तोकेको हुदा न्यायिक समिति र मेलमिलापद्धारा न्यायिक निकाय अन्र्तगत बसेर काम गर्न सविंधानले तोकेको हुदा निर्धक्क भएर स्थानिय तहमा गठित न्यायिक समितिहरुले काम गर्नुुपर्ने बताउनुभयो । सो अवरमा पशिचम नवलपरासीका सात वटै स्थानिय तहका उपप्रमुख एवं न्यायिक समितिका समयोजकहरु न्यायिक समतिका पदाधिकारी, सामुदायिक मेलमिलापकर्ता समाज नेपाल नलवपरासीका पदाधिकारी, सञ्चारकर्र्मी सहितको उपस्थिती रहेको कार्यक्रममा विवाद समाधानका क्रममा आइपर्ने समस्या, चुनौती र कानुनी प्रावधानका बारेमा सेर्लडका केन्द्रिय ब्यवस्थापक राममणि गौतम र सेर्लडका जिल्ला समयोजक सिताराम अधिकारीले सहजिकरण गर्नुभएको थियो । सामुदायिक मेलमिलाप कर्ता समाज नेपाल नवलपरासीकी जिल्ला सदस्य लक्ष्मी देवी ढकालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन समाजका ब्यवस्थापक तारेन्द्र बर्माले गर्नु भएको थियो

फेसबुकबाट तपाईको प्रतिक्रिया