मैनाबगरमा गोली चल्दा एकको मृत्यु

प्रकाशित मिति:

१३ चैत, बुटवल । बुटवलको मैनाबगरमा गोली चल्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मैनाबगरको ज्योति इन्जिनियरिङ वर्कसपमा काम गर्ने अन्दाजी ४० वर्षका फिरोज खान रहेको वडा प्रहरी कार्यालय बुटवलका इन्स्पेक्टर हेम केसीले जानकारी दिए । वर्कसपमा काम सकेर डेरामा जांदै गर्दा उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । उनीमाथि कस्ले किन गोली चलाएको भन्ने खुलेको छैन । फोटो दिपक न्यौपाने