कस्ता कार्यले जीवन नरकतुल्य हुन्छ ? हेर्नुहोस् आजको नीति वचन

प्रकाशित मिति:

अप्रशस्तानि कार्याणि यो मोहादनुतिष्ठति ।
न तेषां विपरिभ्रंशाद् भ्रंश्यते जीवितादपि ।। – विदुर नीति

जो मोहमा परी अन्यायलाई साथ दिन्छ उसले आफ्नो जीवनलाई नरक तुल्य बनाइरहेको हुन्छ ।

अन्ययलाई साथ दिनेको जीवन सफल नहुने धारणा विदुरले व्यक्त गरेका छन् । जसरी अन्यायको पक्षधर भएका भीष्म पितामह, द्रोणाचार्य, कर्ण जस्ता महारथि पनि परास्त बन्नु परेको थियो । अन्ययका पक्षपाती भएको आरोप खेप्नु परेको थियो । अतः आफन्तै भए पनि अन्यायलाई अन्याय नै ठहरिन दिनु बुद्धिमानी हुन्छ । यदि अन्यायलाई पनि न्याय भन्न थालियो भने त्यो विनाशको बाटो नर्क तुल्य हुन्छ । जसरी धृतराष्ट्रले आफ्ना सारा छोरा गुमाउनुपरेको थिया । अतः अन्यायलाई साथ दिने व्यक्तिको जीवन नरकतुल्य हुन्छ भन्ने नीति वचन मननीय छ । – नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –