अध्ययनका लागि अमेरिका पुगे गगन थापा

प्रकाशित मिति:

बुटवल-  नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापा अध्ययनका लागि अमेरिका पुगेका छन् । थापा सोमबार राति काठमाडौंबाट अमेरिका पुगेका हुन् । थापाले हार्वड विश्वविद्यालयमा ‘ग्लोबल लिडरसिप एण्ड पब्लिक पोलिसी’ विषयमा अध्ययन गर्ने जनाइएको छ ।

दुईसाताका लागि उनी अमेरिका पुगेका हुन् । सो कोर्षका लागि उनी गतवर्ष नै छनोट भएको भए पनि कार्यव्यस्तताका कारण अहिले अमेरिका पुगेको उनको सचिवालयले जनाएको छ । थापा अमेरिका पुगेर अध्ययन थालिसकेको सामाजिक सञ्जालमार्फत जनाएका छन् ।