मृगौला रोग पिडित अमृत भट्टराईलाई आर्थिक सहयोग

१४ चैत्र २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
80 Shares


अमेरीका – सेवा नै धर्म हो भन्ने मूल मन्त्रका साथ नेपाली जनसम्पर्क समिति अमेरिका, वेष्ट टेक्सास च्याप्टरले आफ्नो दुबै मृगौला असफल भई अमेरिकाको क्यालिफोर्निया राज्यको सान् फ्रान्सिस्को शहरमा उपचारत जन्मस्थान गोरखा जिल्ला श्री भिमसेन थापा गाउँ पालिका वडा नं।१ मसेलका श्री अमृत भट्टराईलाई एक हजार अमेरिकी डलर आर्थिक सहयोग गरेको छ । अमृत भट्टराईको सहयोगका लागि गोरखा अमेरिका सम्पर्क समितिको नाममा खोलिएको गो फण्ड मि एकाउन्टमा सहयोग गरिसकेका साथीहरूले संस्थागत रूपमा सेवा गर्ने उद्देश्यले भट्टराईको उपचारमा सहज होस् भन्ने हेतुले सहयोग रकम हस्तातरण गरेका हुन् । बे एरियामा नेपालीहरूका कैयौं सामाजिक संस्थाहरू पनि खुलेका छन् । ती मध्ये धेरैको उदेश्य त्यस्तै खाले समस्याबाट परदेशको भुमिमा अचानक समस्या परेका नेपालीलाई सहयोग गर्ने नै उद्देश्य हो र सोही मुताबिक़ सहयोग पनि भईरहेको छ । गोरखा अमेरिका सम्पर्क समितिको नामबाट गरिने सहयोगको ढोका अझैपनि खुल्ला नै छ तर बे एरियामा सकृय संस्था र दिनरात खट्ने समाजसेवीहरू लाई पक्कैपनि नेपाली जनसम्पर्क समिति अमेरिका, वेष्ट टेक्सास च्याप्टरको यो पबित्र कार्य एउटा प्रेरणा र उदाहरण बन्नेछ र भट्टराईको उपचार सहयोगका लागि सबै आ आफ्नो ठाउँबाट सकृय रूपले सहयोग हुनेछ भन्ने आशा जनधारणाले लिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया