अखील र नेविसंघ विच झडप

प्रकाशित मिति:

मोरङ । शिक्षकहरूले लिएको दोहोरो सुविधाको विरोध गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका नेपाल विद्यार्थी संघ ९नेबिसंघ० नेता तथा कार्यकर्ताहरु माथि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्वोबियू० का विद्यार्थीहरुले आक्रमण गरेका छन् ।शिक्षकहरूले दोहोरो सुविधा लिन नपाउने भन्दै नेविसंघ सुकुना बहुमुखी क्याम्पस एकाई समितिले निकालेको बिरोध जुलुसमाथि अखिलका विद्यार्थीहरुले आक्रमण गरेका हुन् । अखिलका विद्यार्थीहरुको आक्रमणबाट नेविसंघ क्षेत्रीय सभापति होमनाथ पोख्रेल, सुकुना बहुमुखी क्याम्पसका सभापती बिजय तोलाङ्गि , सचिब समीर सम्राट, सदस्य जीवन बस्नेत लगायतका नेता तथा कार्यकर्ताहरु घाइते भएका छन् । घाइतेहरुको उपचार भइरहेको छ ।