६ किलो गाँजासहित आमाछोरी पक्राउ

प्रकाशित मिति:

बुटवल – पर्सा प्रहरीले ६ किलोग्राम गाँजासहित आमाछोरीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका– १ छप्कैयामा डेरा गरी बस्ने ३८ वर्षीय अन्जु देवी कर्ण र उनकी छोरी रहेकी छन् ।
ईनर्वा चोक स्थित सडक खण्डमा सवारी साधन तथा पैदल यात्रुहरु समेतको चेकजाँच गर्ने क्रममा नेपालबाट भारत जाँदै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । उनीहरुले शरीरको विभिन्न भागमा लुकाएर २४ पाकेटमा ६ किलो गाँजा भारततर्फ लग्न लागेका थिए ।