२० वर्षीया महिलाले जन्माइन् एक महिनामै तीन बच्चा

१४ चैत्र २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
45 Shares


एजेन्सी – बंगलादेशमा एउटा यस्तो घटना भएको जसले गर्दा त्यहाँको चिकित्सा जगत र आम मानिस चकित परेका छन् । २० वर्षीया एक महिलाले एउटा बच्चा जन्माएको २६ दिन पछि जुम्ल्याहा बच्चा जन्माएकी छिन् । पहिलो बच्चा जन्मदा डाक्टरहरुले पनि उनको पेटमा जुम्ल्याहा बच्चा छन् भन्ने बारेमा थाहा पाउन सकेनन् । पहिलो बच्चा जन्मिएको झण्डै एक महिनापछि आरिफ सुल्ताना नामकी यी महिलाले जुम्ल्याहा बच्चाको जन्म दिइन् । अहिले तीनैजना बच्चा र आमा स्वस्थ रहेका छन् । उनको उपचारमा संलग्न डाक्टर शीला पोद्दारले एएफपीलाई बताएअनुसार ‘पहिलो बच्चा जन्मिसकेपछि उनलाई आफू गर्भवती रहेको महसुस पनि भएन । २६ दिनपछि उनी बिरामी परिन् र हामीकहाँ आइन् ।’ आरिफ सुल्तानाको पहिलो बच्चा सामान्य रुपमा नै जन्मिएको थियो । तर उनको पहिलो बच्चा समय भन्दा केही अगाडि जन्मिएको थियो ।

चिकित्सकका अनुसार यो दुर्लभ घटना हो । यी महिलाको दुईवटा गर्भाशय थियो । आरिफा शारशाको श्यामलागाछि गाउँमा बस्थिन् । बंगलादेशको न्युज वेबसाइट बीडीन्यूज २४ सँग अरिफाका पति सुमोन विश्वासले भनेका छन् ‘पहिलो बच्चा जन्मिएको २६ दिनपछि अरिफा फेरि बिरामी भइन् । उनलाई अस्पताल लगियो त्यसपछि उनले अर्को दुईवटा बच्चा जन्माइन् ।’ डाक्टर शीला पोद्दारका अनुसार दोस्रो पटक आरिफालाई अस्पताल ल्याएपछि उनको अल्ट्रासोनेग्राफी जाँज गरियो । जसमा उनको दुईवटा गर्भाशय रहेको पत्ता लाग्यो ।

पहिलो बच्चा पहिलो गर्भाशय र दोस्रो बच्चा दोस्रो गर्भाशयबाट जन्मिएको थियो । डाक्टर पोद्धार भन्छिन् ‘यो दुर्लभ घटना हो । मैले पहिलो पटक यस्तो भएको देखेँ । यसको बारेमा मैले कहिल्यै सुनेको पनि थिइनँ ।’ तीन बच्चा र महिलालाई मंगलबार अस्पतालबाट घर पठाइएको छ । पहिलो पटक यस्तो घटना सन् २००६ मा बेलायतमा भएको थियो । बेलायतकी एक महिलाले पनि तीन बच्चा जन्माएकी थिइन् । उनको पनि दुईवटा गर्भाशय रहेको पाइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • जर्मनीका प्रान्तीय अर्थमन्त्रीले गरे आत्महत्या
  • सियारीमा विपद् व्यवस्थापन तथा राहत कोष स्थापना, डिस्इन्फेक्सन बनाउन सुरु
  •  सरकारले लकडाउन थप एक हप्ता बढाउने
  • “युवाद्धय मेघराज र बिक्रम : जो जोखीमका बिच कृषीमा भबिष्य…
  • छोराको जन्म दिनमा वालिङ रामबाच्छाका युवा व्यवसायी ठकुरीले गरे अत्यावश्यक…
  • ‘येशुलाई विश्वास गर्नेलाई कोरोना लाग्दैन’ भन्ने एक जना पक्राउ
  • गुर्जोको रस पिउँदा कोरोना संक्रमण ठीक हुने रामदेववावाको दावि
  • बैंकको कर्जा किस्ता तथा ब्याज २०७७ अषाढ सम्म तिरे पनि…
  • चैतमा तिर्नुपर्ने कर्जा असारमा बुझाए हुने : राष्ट्र बैंक
  • कोरोनाविरुद्धको लडाइँमा बलिउडकर्मीको सहयोग