भीरबाट लडेर एकजनाको ज्यान गयो

प्रकाशित मिति:

रुकुम पूर्व – भीरबाट लडेर एक जनाको ज्यान गएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका ६ डिमुरगैरा निवासी ३६ वर्षीय तिलकबहादुर रोकाको यही गाउँपालिका–१३ को जुम्ल्याह भीरबाट लडेर ज्यान गएको हो ।

उनी मङ्गलबार लडेका थिए । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार, भीरबाट लडेर गम्भीर घाइते भएका रोकाको अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको हो ।  मङ्गलबार दिउँसो परेको हिमपातले बाटो अवरुद्ध भएपछि हिउँ हटाउँदै गर्दा उनी भीरबाट चिप्लिएको प्रहरी नायव उपरीक्षक योगेन्द्र कुमार खड्काले बताउनुभयो ।  पुथाउत्तरगङ्गा गाउँपालिका वडा नम्बर १३ बिर्गुमबाट घोडा लिएर ओख्मा जाने क्रममा उनी भीरबाट खसेका थिए । उनको टाउको र ढाडमा गहिरो चोट लागेको थियो ।