सेभेन ए साइड प्रतियोगिताको तयारी सम्पन्न, पूर्वमन्त्री भण्डारी सहित महर्जन र श्रेष्ठ पनि दमौली आउने

प्रकाशित मिति:

प्रकाश अधीकारी तनहु ।   तनहुँको व्यास नगरपालिका वडा न।१ को दोभान युवा क्लबले २० अौँ वर्षमा प्रवेश गरेको उपलब्धमा गर्ने लागेको सेभेन ए साइड प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। क्लबका अध्यक्ष नलबहादर दरैले जानकारी दिए अनुसार बिहिवार सम्म १४ टिमले नाम दर्ता गराएको जनाए।उक्त कार्यक्रमको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीले उद्घघाटन गर्ने कार्यक्रम रहेको छ। भण्डारी शुक्रबार गृह जिल्ला आउने उहाको निजि सचिवालयले जनाएको छ। साथै नेता भण्डारी संगै कांग्रेसका युवा नेता तथा खेलकुद परिषदका पूर्व कोषाध्यक्ष मिनकृण्ण महर्जन र तरूण नेता तथा दाङबाट महाधिवेशन प्रतिनिधि रहेका महेश श्रेष्ठ पनि कार्यक्रम आउने भएका छन्। नेपाली कांग्रेस गोदावरी सभापति सुरज श्रेष्ठ पनि कार्यक्रममा आउने छन्।