धनी बन्न मन छ ? अपनाउनुस् यी ७ सूत्र, त्यसपछि कायापलट

प्रकाशित मिति:

मानिस स्वभावैले लोभी प्राणी मानिन्छ । कुन चाहि मानिसलाई रहर नहोला र धनी बन्ने। पक्कै पनि सबै व्यक्तिलाई धनी बन्ने रहर छ तर, केही व्यक्तिले मात्र त्यो रहर र सपना पूरा गर्न सक्छन् । यस्तै धनी मध्यका एक हुन् भारतका भारतका धनाढ्य मुकेश अम्बानी। उनी अथक प्रयास, मिहिनेत र लगनशीलताका कारण प्रेरणाको स्रोत नै बन्न पुगे। तपाई हामीलाई लाग्न सक्छ उनी कसरी भए धनी हामी कसरी बन्न सक्छौं त्यसै भएर उनी कसरी धनी भए त रु भन्ने बिषयमा हामी यहाँ छोटकरीमा चर्चा गर्दछौं ।

उनी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगिताको टिम मुम्बईका मालिक पनि हुन्।

१) पैसाको पछि दौडिँदैनन्

मुकेश आफ्नो बुबालाई गुरु मान्छन् । पैसाको पछाडि दौडिँदैमा सफल व्यवसायी बन्न सकिँदैन भन्ने धारणा छ ।

२) साहसी व्यक्तित्व

उनी आफूलाई साहसी व्यक्तिका रूपमा स्थापित गर्छन् जसले गर्दा हरेक चुनौतीको सामना गर्न तयार हुन्छन् ।

३) पर्याप्त खर्च गर्छन्

उनी व्यवसायमा मात्रै होइन, आफ्नो सोखका लागि पनि पर्याप्त खर्च गर्छन् ।

४) आफैँलाई विश्वास गर्छन्

उनी आफैँलाई विश्वास गर्छन् र हरेक परिस्थितिका लागि तयार हुन्छन् । उनले जीवनमा थुप्रै समस्या झेलेका छन्।

५) ठूलो सपना

ठूलो व्यवसायी बन्न ठूलै सपना देख्नुपर्छ भन्ने उनको मान्यता छ । तर्सथ उनी ठूलो सपना देख्छन् र पूरा नभएसम्म आरामले निदाउन समेत सक्दैनन् ।

६) निरन्तर खट्छन्

दौडको बीचमा आराम गर्नेहरूलाई सफलता प्राप्त हुँदैन भन्ने उनको मान्यता छ । प्रतिस्पर्धी बजारमा कसैले कसैलाई नपर्खने भएकाले सफलताका लागि आफैँ सक्रिय हुनुपर्ने उनको तर्क छ।

७) बजारको माग बुझ्छन्

व्यापार, व्यवसाय प्रवद्र्धनका लागि पहिला बजारको माग बुझ्न जरुरी पर्छ । समयको माग र आवश्यकताअनुसार उनी अगाडि बढ्छन्।

यो पनि पढ्नुस

जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ । यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस् । काममा बाधा आउन पाउँदैन । अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस् । अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस् । त्यसपछि घरबाहिर निस्कनुस् । काम फत्ते हुन्छ ।सुतेर बिहान उठेपछि दिनदिनै आफ्नो हत्केलालाई ध्यान दिएर हेर्नुस् र तीनचोटि चुम्नुस् । यसो गर्दा हरेक काममा सफलता पाउनुहुनेछ । शनिवारदेखि यसो गर्न शुरु गर्नुस् ।

पाँच रुपैयाँको नोटको त्रिकोण पिरामिड बनाएर पूजाकोठामा राख्नुस् । धनको कमी हुन थाल्नेबित्तिकै त्यो पिरामिडलाई देब्रे हातमा राखेर दासहने हातले छोप्नुस् । अनि पिरामिडले घरमा धन ल्याउँदैछ भनी कल्पना गर्नुस् ।यसो गर्दा कताकताबाट तपाईंलाई धन आइलाग्छ । तर पैसाको साह्रै खाँचो भयो भने मात्र यसो गर्नुस् । गुरु पुष्य योग र शुभ चन्द्माको दिन बिहान हरियो रंगको कपडाको सानो थैलो बनाउनुस् । अनि श्रीगणेशको चित्र वा मूर्तिअघि बसेर संकटनाशन स्तोत्रको ११ चोटि पाठ गर्नुस् ।

त्यसपछि थैलीमा सातवटा मुँग, दश ग्राम साबुत धनियाँ, एक पञ्चमुखी रुद्राक्ष, एक चाँदीको सिक्का, दुईवटा सुपारी, दुईवटा बेसारको पोको बाँधेर गणेशजीलाई शुद्ध घिउको लड्डु भोग चढाउनुस् । त्यसपछि थैली कन्तूरमा राख्नुस् । एक वर्षपछि नयाँ थैली राख्नुस् । गरीब र ब्राह्मणहरूलाई दान दिनुस् । यसो गर्दा आर्थिक रूपमा तनाव हुँदैन । आइतवार भैरवको मन्दिरमा सिन्दूर चढाएर बटुक भैरव स्तोत्र पाठ गर्नुस् अनि गाई, काग र कालो कुकुरलाई मन पर्ने कुरा खुवाइदिनुस् । वर्षमा चार पाँचचोटि यसो गर्नुभयो भने सबै बाधा हटेर जान्छन् । एजेन्सी