मानब पहीचानका आधारमा प्रदेशको नामाकरण गर्न मगर संघको माग

१४ चैत्र २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया


बुटवल-नेपाल मगर संघ प्रदेश ५ ले मानब पहीचानका आधारमा प्रदेशको नामाकरण गर्न माग गरेको छ। आज बुुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी प्रदेश ५ का अध्यक्ष बिमल सारु मगरले बिज्ञप्ती बाचन गरी सो कुुराको उद्धघोष गर्नुुभएको हो।

प्रदेश ५ ले निकट भबिष्यमा प्रदेशको नामाकरण गर्न र स्थायी राजधानी तोक्नका लागी सुुझाब संकलन सके लगत्तै मगर संघले दबाब स्वरुप बुुटवलको ट्राफीकचोकमा यही चैत्र १५ गते बिशाल आम सभा गर्ने भएको छ। आज पत्रकार सम्मेलनको आयोजना गरी सो कुुराको जानकारी गराएको हो। पत्रकार सम्मेलनमा नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नबीन रोका मगरले मगरात ऐतीहासीक पहीचान भएकाले कुुनै जात बिशेषको माग नभई राजनैतीक र ऐतीहासीक माग भएको बताउनुुभयो।नेपाल सरकार तथा बिभीन्न राजनैतीक दलले हिजोका दिनमा आफ्नो मुुल ऐजेण्डा बनाएर आफुु सफल हुुने तर मगरात पहीचान भुुल्न नहुुने बताउनुुभयो सबीधान र मानब अधीकारको मुुल्य मान्यताका आधारमा प्रदेश ५ मा मगरात थरुहट लगायत बहुुपहीचानलाई स्थापीत गर्न सबैसंग आग्रह गर्नुुभयो।

मुुलुुकमा सबैको योगदानको कदर गर्न सकेमा अपनत्व स्थापीत हुुने र देश बिकाशमा टेवा पुुग्ने बताउनुुभयो। कार्यक्रममा नेपाल मगर संघका उपाध्यक्ष दल बहादुुर बिरकट्टा, कोषाध्यक्ष कमला थापा मगर, आदीबासी जनजाती महासंघ प्रदेश ५ का अध्यक्ष दिपक गुुरुङ,सचीब मनोज राना हङकङ मगर संघका अध्यक्ष युुगमाया राना, लगायत आदीवासी जनजातीहरुको उपस्थीती रहेको थियो।बुुटवलमा भोली हुुने बृहद आम सभामा लाखौ आदीवासी जनजातीको उपस्थीती हुुने नेपाल मगर संघका महासचीब ज्ञानेन्द्र पुुनले जानकारी दिनुुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया