विदेश पठाइिदने भन्दै करोडौँ ठगी गर्ने पक्राउ

प्रकाशित मिति:

काठमाण्डौ -वैदेशिक रोजगारीका नाममा ठगी गर्ने भोजपुर घर भई झापाको पथरिया बस्ने पर्शुराम गुरुङ बुधबार थाइल्याण्डमा पक्राउ परेका छन् ।

रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन दिइ करोडौँ रुपैयाँ ठगी गरेको आरोप लागेका गुरुङलाई थाइल्याण्डस्थित नेपाली राजदूतावास र नेपाल प्रहरीको सहयोगमा त्यहाँको प्रहरीले पक्राउ गरेको हो ।उनले क्यानडा, अष्ट्रेलिया, अमेरिका, कोरिया, मकाउलगायत देश पठाइदिने प्रलोभन दिइ विभिन्न व्यक्तिबाट करोडौँ रुपैयाँ ठगी गरेको भन्दै राजदूतावासमा उजुरी परेको थियो । फरार गुरुङमाथि नेपाल प्रहरीले इन्टरपोलमार्फत पक्राउ पूर्जीसमेत जारी गरेको थियो ।

उनलाई आज थाइल्याण्डको प्रहरीले नेपाली राजदूतावासका प्रतिनिधिको उपस्थितिमा बैंककमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।थाइल्याण्डमा वैध राहदानी र विनाप्रवेशाज्ञा गैरकानूनीरुपमा बसेको अपराधमा समेत त्यहाँको सरकारले गुरुङमाथि अनुसन्धान र कारवाही भइरहेको जनाइएको छ । नेपाल र थाइल्याण्डको वर्तमान कानून तथा पारस्परिक सहयोगका आधारमा उनीमाथि कारवाही अघि बढाइने बताइएको छ