राज कुमार श्रेष्ठको NRNA NCC अमेरिकाका लागि Board of Directors मा उम्मेदवारी

प्रकाशित मिति:

के पी भट्ट कनेटिकेट अमेरीका । २०१९  हार्टफोर्ड कनेक्टिकट NRNA NCC  अमेरिकाराज कुमार श्रेष्ठको एनआरएन एन एन सी अमेरिकाका लागि Board of Directors मा उम्मेदवारीको आसन्न निर्वाचन, वर्ष २०१९-२०२१ अवधिका लागि कनेक्टिकट न्यू ईंगल्याण्ड क्षेत्र बाट   राज कुमार श्रेष्ठको बोर्ड अफ डाइरेक्टर    पदमा उम्मेदवारी घोषणा भएको छ। राज कुमार श्रेष्ठले बिभिन्न प्रकृतीका राष्ट्रिय, अन्तर्राष्ट्रिय एवम् स्थानीय संघ सँस्थाहरुमा नेपाल र अमेरिकामा गरि तीन दशक भन्दा बढी बिभिन्न पदीय जिम्मेवारीमा रहि नेतृत्व प्रदान गरिसक्नुभएको छ ।  श्रेष्ठले एन आर एन  एन सी सी अमेरिकाको वर्ष २०१३- २०१५ को अवधिमा एजुकेशन कमिटी र मेम्बरशीप ग्रोथ कमिटीको सदस्य रहेर पनि कार्य सम्पादन गरिसक्नुभएको छ।औपचारिक शिक्षामा एम।बि।ए।सम्मको अध्ययन पूरा गरिसक्नुभएका  श्रेष्ठ बिभिन्न विषय र विधामा तालीम प्राप्त हुनुहुन्छ । नेपालमा दुई दशकभन्दा बढी समय हजारौं स्वदेशी तथा विदेशीहरुलाई तालीम प्रदान गरिसक्नुभएका  श्रेष्ठ एन आर एन अमेरिकामाआफू निर्वाचित भई सेवा गर्ने अवसर पाएमा आफूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ सँस्थामा प्राप्त गरेकोअनुभवलाई नेपाली डायस्पोरामा सदुपयोग गर्ने बताउनु भएको छ । नेपालमा दुई दशक भन्दा बढी समय अमेरिकाका बिभिन्न कलेज युनिभर्सिटीहरुबाट नेपालमा संचालित  tudy Abroad अमेरिकन विध्यार्थीहरुले नेपालमा सेमेष्टरको पढाई सम्पन्न गर्ने कार्यको कुशलतापूर्वक नेतृत्व गरिसक्नुभएका श्रेष्ठलेविशेषगरि ईन्टरकल्चरल म्यानेजमेण्ट, तालीम, अर्गनाइजेशनल डेभलपमेण्ट, लिडरशीप एवम् प्लानिंग सम्बन्धमा दक्षता राख्नुहुन्छ । वर्तमान समयमा एन।आर।एन। अमेरिकाले गर्न आवश्यक कुराहरुलाई पाँचवटा बुँदामा प्रस्तुत यसरी प्रस्तुत गर्नुभएको छ   १ गतिशील एनआर एन  २ सदस्य  मैत्री एन आर एन  ३पारदर्शी एन  आर  एन   ४  संयोजित नियमवध्द एवम् प्रतिभाशाली एनआरएन    ५ अनुसन्धान, विकास एवम् तालीमको प्रारम्भ

श्रेष्ठको विचारमा, संघ सँस्थाहरु बिग्रनुमा सँस्थाको भिजन, मिशन एवम् उदेश्य अनुरुप कार्यक्रम सृजना गर्न नसक्नु र ग्रासरुट  सम्म सेवा सुविधा पुर्याउन नसक्नु पनि एउटा कारण हो । एनआरएनलाई सुधार गर्न सकिने अथाह सम्भावना देख्नुहुने  राज कुमार श्रेष्ठ एनआरएन एनएनसी अमेरिकालाई सदस्य-मैत्री र सदस्यहरुको चाहना अनुरुपको बनाउन सबैकोसहकार्यमा एक कार्यकालको प्रयासले नै सम्भव हुने बताउनुहुन्छ । श्रेष्ठको विचारमा, कुनैपनि संघ सँस्थाले सदस्यहरुलाई संघ सँस्थाहरुप्रति अपनत्वको भावना र यसका योजना परियोजना एवम् कार्यक्रमहरुमा स्वामित्वको भावनाको जागरण गराउन सक्ने वातावरण निर्माण गर्न आवश्यक हुन्छ।एन।आरएन एनएनसी। अमेरिकाप्रति धेरै नै आशावादि रहेका श्रेष्ठ असल नेतृत्व चयन भएमा योसंसारको उत्कृष्ट सँस्था हुने र मान्छेहरु यसको सदस्य बन्न लालायित हुने बताउनुहुन्छ ।