” प्रहरी संग एक दिन कार्यक्रम” सुनवलमा सम्पन्न

१४ चैत्र २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
61 Shares


नवलपरासी -समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत प्रहरी संग एक दिन कार्यक्रम विहिबार महाकबि देवकोटा माबि सुनवल ४ मा सम्पन्न भएको छ । कक्षा ११मा अध्ययनरत बिद्यार्थिहरु बिच समुदाय प्रहरी साझेदारी बिद्यालय सम्पर्क कार्यक्रम अन्र्तगत प्रहरी संग एक दिन कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा प्रहरी निरिक्षक बिक्रम , सुवेदिले प्रहरी कार्य र समसामयिक बिषयमा प्रकाश पार्नभएको थियो भने प्रमुख प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद भट्ट संग अन्तरक्रिया समेत गरिएको थियो । यसैगरि कक्षा ११मा अध्ययनरत बिद्यार्थिहरुलाई जिल्ला प्रहरी कार्यालयको कार्यालय परिसर तथा बिभिन्न शाखाहरुको अवलोकन भ्रमण समेत गराइएको प्रहरी नायव उपरिक्षक बिरेन्द्र थापाले जानकारि दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया