लोकसभा चुनावका कारण सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइने

प्रकाशित मिति:

महोत्तरी – भारतमा हुन लागेको लोकसभा चुनावलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइने भएको छ ।बिहारको सीतामढीमा बसेको नेपाल भारत दुवै देशका सुरक्षा अधिकारीको बैठकले चुनाव अवधिभर सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको हो ।

चुनावका बेला हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै चुनाव हुनुभन्दा ७२ घण्टा अघिदेखि दुईतर्फी आवतजावत पनि बन्द गर्ने निर्णय भएको महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो ।आउँदो अप्रिलदेखि विभिन्न सात चरणमा गरेर लोकसभाको चुनाव हुँदै छ । अप्रिल ११, १८, २३, २९ तथा मे ६, १२ र २९ तारिख गरी सात चरणमा बिहार लगायत भारतभर चुनाव हुँदै छ ।बिहारमा लोकसभाको ४० सिटमा चुनाव हुनेछ ।बैठकमा नेपाल तर्फबाट प्रदेश २ का सीमा जोडिएका जिल्लाहरु महोत्तरी, सर्लाही, रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुको सहभागी रहेको थियो भने भारतीय पक्षबाट बिहार राज्य सितामढी जिल्लाका डीएम रन्जीत कुमार सिंह ।लगायतका सुरक्षा अधिकारीहरुको सहभागिता रहेको थियो ।लोकसभा चुनावको नतिजा मे २३ मा आइसक्ने छ ।