‘शुभ लभ’ युट्युब रिलिज नहुने

प्रकाशित मिति:

काठमाडौँ -हरेक हप्ता हेरिने नेपाली फिल्महरु दर्शक अभावमा हलमा चल्न छाडेका छन् । निर्माताको करोडौंको लगानी माटोमा मिलिरहेको छ । हल सञ्चालकहरु दर्शक नआएर झिँगा धपाउन बाध्य भएको बताइरहेका छन् । तर, न निर्माण न त प्रदर्शनमा आउने फिल्मको संख्यामा नै कमी आएको छ । प्रत्येक साता दुईभन्दा बढी फिल्म रिलिज हुने क्रम टुटेको छैन । तर, वर्षमा दुई वा तीन फिल्मले मात्र सफलता हासिल गरेका छन् ।

हलको व्यापार पट्यारलाग्दो हुनुको पछाडि विभिन्न कारण छन् । पहिलो, मौलिकपन लोप हुनु । हलिउड वा बलिउड फिल्मबाट चोरचार गरेर र दुईरचारवटा चुटकिला जोडेर फिल्म बन्ने क्रमको विकास भएपछि अहिले नेपाली फिल्म भनेपछि दर्शक नाक खुम्च्याउन थालेका छन् । दोस्रो, युटयुब । हलमा रिलिजको केही हप्तामै फिल्म युट्युबमा आउने आशामा दर्शक हलसम्म जानै छाडिसकेका छन् । हलबाट उत्रिएको केही महिनामै आजकाल फिल्म युट्युबमा रिलिज हुने गरेका छन् । जब केही हप्तामै घरमा पूरै परिवारसँग बसेर सित्तैमा फिल्म हेर्न पाइन्छ भने महँगो टिकट काटेर दर्शक किन हल जान्छ रु साथै, अहिले हल र डिसहोममा एकसाथ फिल्म रिलिज हुने गरेको छ । यसले पनि हलको व्यापारमा ठूलो गिरावट आएको जानकारहरु बताउँछन् । तर, यसतर्फ निर्माताहरु गम्भीर भएको देखिन्न ।

प्रदर्शनमा आएको ६ महिना पनि नवित्दै फिल्म युट्युबमा आउन थालेपछि अहिले हलको व्यापारमा खडेरी लागेका छ । यसले नेपाली फिल्मको व्यापारमा दिर्धकालिन असर पुग्ने देखिन्छ । केही फिल्ममेकरले भने युट्युबमा फिल्म रिलिज गर्दा हलको व्यापारमा असर पुग्ने भन्दै आफ्नो फिल्म युट्युबमा रिलिज नै नगर्ने घोषणा गरेका छन् । तर, यो फिल्म रिलिजको पूर्वसन्ध्यामा दर्शकलाई हलसम्म तान्ने उपायमा मात्र सीमित छ । रिलिजपूर्व अभिनेता खगेन्द्र लामिछाने स्टारर फिल्म धनपतिु युट्युब रिलिज नहुने भन्दै निर्माता तथा निर्देशक दीपेन्द्र के। खनालले घोषणा गरेका थिए । तर, हलमा रिलिजको ६ महिनामा नै फिल्म युट्युबमा आयो । छक्का पञ्जाु को दुई सिरिज र इन्टु मिन्टु लण्डनमाु पनि युट्युब रिलिज नगर्ने भनिएको छ । यी फिल्म युट्युबमा आउँछन् वा आउँदैनन् रु त्यो भने हेर्न बाँकी छ । यसबीच, यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘शुभ लभ’ पनि युट्युब रिलिज नहुने भएको छ । युट्युबमा फिल्म रिलिज हुने आशाले दर्शक हलसम्म नजाने हुँदा फिल्म युट्यबमा रिलिज नगर्ने निर्णय लिइएको निर्माण टिमले जानकारी दिएको छ । ज्योतिषबाट हिरो भएका हरिहर अधिकारीले ‘शुभ लभ’ युट्युबमा नकुर्न दर्शकलाई आग्रह गरेका छन् । उनी भन्छन्, फिल्म युट्युब रिलिज हुँदैन ।यो फिल्मलाई सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । उनको यो डेब्यू निर्देशित फिल्म हो । बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन् । फिल्ममा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ । उक्त फिल्ममा क्रिस्टिन पौडेल, डाक्टर सुर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोललगायतका कलाकारको पनि अभिनय छ ।