ॐ उच्चारणले दिन्छ यस्ता रोगबाट मुक्ति

प्रकाशित मिति:

काठमाडौ । यो प्राणायाम गर्दा सबैभन्दा पहिला आसन छनोट गर्नुपर्छ । यसको उपयोगी र उपयुक्त आसन भनेको ध्यान गर्ने आसनमा ढाड, गर्दन सीधा पारेर बस्नु हो । आसनपछि हल्का भएको अनुभूति गर्न आवश्यक हुन्छ ।

त्यसपछि बिस्तारै लामो श्वास लिनुपर्छ । पूरा श्वास लिएपछि श्वास छोड्दा ॐ को लामो उच्चारण गर्नुपर्छ ।यस्तो प्रक्रिया पटक–पटक दोहोर्‍याउनुपर्छ । यसैलाई नै प्राणायाम भनिन्छ ।आफ्नो समयअनुसार यो प्राणायाम गर्न सकिन्छ । परिस्थितिअनुसार कम्तीमा पाँच मिनेट यस्तो प्राणायाम गर्दा हुन्छ ।प्राणायामको समय जति लम्ब्यायो, शरीरलाई त्यति नै बढी फाइदा पुग्छ । फाइदा यस्तो प्राणायामले सबै प्रकृतिका मानसिक समस्यालाई समाधान गर्छ । यसले एकाग्रता र स्मरण शक्ति वृद्धि गर्छ । शरीरमा स्फूर्ति बढाई थकान दूर गर्ने काम गर्छ । उच्च रक्तचापका बिरामीले यस्तो प्राणायाम गर्दा स्वास्थ्यमा आराम मिल्छ ।