नेपाली कांग्रेसले स्याङ्जाका नेता चित्रबहादुर कार्कीको निधन

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसले स्याङ्जा जिल्लाका नेता चित्रबहादुर कार्कीको निधन भएकोमा दुःख व्यक्त गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयले बिहीबार विज्ञप्ति जारी गरेर स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका सर्केटारी निवासी चित्रबहादुर कार्कीको ६५ वर्षको उमेरमा यही चैत १३ गते उपचारको क्रममा काठमाडौंमा निधन भएको जनाएको छ । स्व चित्रबहादुर कार्की नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं। १ का क्षेत्रीय सचिव र केन्द्रीय कर्मचारी संघका केन्द्रीय सदस्य रही सफलतापूर्वक जिम्मेवारी निर्वाह गरेका थिए । उनले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह पनि गरेका थिए । उनका ४ छोरा र ३ छोरी छन् । कार्कीको निधनप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ । उनको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति नेपाली कांग्रेसले हार्दिक समवेदना प्रकट गरेको छ । स्याङ्जा जिल्लामा नेता कार्कीले कांग्रेसको संगठन निर्माण र सुदृढीकरणका लागि आफूलाई सधैँ केन्द्रित राख्दै आएका थिए । उनको निधनले स्याङ्जामा ठूलो क्षति पुगेको कांग्रेसका नेताहरूले बताएका छन् ।