अब देशमा युद्ध भएमा धार्मिक युद्ध हुने राम राज्य परिषद नेपालका अध्यक्ष जगत बहादुर थापाको भनाई

प्रकाशित मिति:

नवलपरासी -राम राज्य परिषद नेपालको आयोजनामा विहिबार सरावल गाउपालिका वडा नम्बर १ बासाबसही स्थित शिवालय मन्दिर परिसरमा धर्म सभा सम्पन्न भएको छ । राम राज्य परिषदका जिल्ला अध्यक्ष यज्ञमुर्ती न्यौपानेको अध्यक्षता तथा परिषदका केन्द्रिय अध्यक्ष जगत बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न धर्म सभामा बोल्दै प्रमुख अतिथि थापाले अहिले राज्यमा दुई खेमा देखिएकोमा आफुहरु धर्म सापेक्षबादी खेममा रहेको र आफुहरुको द्धन्द्ध भनेको धर्म निरपेक्षबादी खेमा संग रहेको बताउदै अब देशमा युद्ध भएमा धार्मिक युद्ध हुने र विचारको लडाई हुने र विचार नै हतियार हुने बताउनुभयो ।

साथै आगामी बैशाख महिनामा काठमाण्डौमा हुने धार्मिक आन्दोलनमा धर्म रक्षा र हिन्दु राज्य कायमका लागी सबैलाई सहभागी भई आन्दोलन सफल पार्न समेत आग्रह गर्नुभयो ।कार्यक्रममा विशेष अतिथिको रुपमा परिषदका धर्मपाल गुरु वशिष्ट, परिषदकै बाबा ओम नमो शिवाय, बैदिकधर्म परिषद नेपाल नवलपरासीका जिल्ला अध्यक्ष नारायण पाण्डे लगाएतले आ आफ्नो मन्तब्य ब्यक्त गर्नुभएको कार्यक्रममा राम राज्य परिषदका जिल्ला पदाधिकारी,स्थानिय धर्मानुरागिहरु, पत्रकार लगाएतको सहभागिता रहेको थियो । परिषदले २०७६ बैशाख १६ गतेदेखी धर्मनिरपेक्ष विरुद्ध काठमाण्डौ केन्द्रित जनप्रदर्शन कार्यक्रममा सहभागिताका लागी नेपालका विभिन्न जिल्लाहरुमा धार्मिक सभाहरु सञ्चालन गर्दे आइरहेको छ । सो कार्यक्रमको सञ्चालन परिषदका जिल्ला सदस्य मिन प्रसाद भट्राईले गर्नुभएको थियो ।