वार्ड कमिटी गठन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

नवलपरासी -नेपाल कम्युनिष्ट पार्टी नेकपा सुनवल नगर कमिटिले वार्ड कमिटी गठन तथा सपथ ग्रहण कार्यक्रम लाई निरन्तरता दिदै जाने क्रममा विहिबार सुनवल वडा नम्बर ८ मा वार्ड कमिटी गठन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ ।

नेकपा सुनवल नगर कमिटी अध्यक्ष ओम पुनको अध्यक्षता तथा नेकपा प्रदेश न ५ कमिटी सदस्य तथा नवलपरासी नेकपा कार्यदल समयोजक घनश्याम यादवको प्रमुख आतिथ्यतामा स्म्पन्न कार्यक्रममा कृष्ण केसिको अध्यक्षतामा २५ सदस्यिय नेकपा सुनवल वडा नम्बर ८ वडा कमिटि गठन गरिएको छ । जसको सचिवमा रबि हमाल लगाएत रहनुभएको छ । कार्यक्रममा विशेष अतिथिको रुपमा संविधान सभा सदस्य तथा नेकपा प्रदेश नम्बर ५ कमिटी सदस्य सीता बौडेल, भबिश्वर तिवारी, सुर्य प्रसाद न्यौपाने, थान प्रसाद गैरे, वृहस्पति अधिकारी अतिथीहरु नेकपा जिल्ला नेता केशव भण्डारी, अशोक ज्ञवाली, बिमला अर्याल, सुनवल वडा नम्बर ८ वडा अध्यक्ष निलकण्ठ गैरे लगायत पुर्ब पार्टी जिल्ला सदस्य नेता तथा कार्यकर्ता उपस्थिति रहेको थियो भने घनश्याम यादव, सीता बौडेल, भविश्वर तिवारी, सुर्य प्रसाद न्यौपानै, थान प्रसाद गैरे, केशब भण्डारी लगायतले नव गठित नेकपा वडा कमिटिलाई शुभकामना दिनुभएको थियो ।

नेकपा सुनवल नगर कमिटी सचिवालय सदस्य चित्र बहादुर सुनारको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नेकपा नगर कमिटी सचीव वीर बहादुर बिश्वकर्माले गर्नुभएको थियो । सोही अवसरमा कम्युनिस्ट आन्दोलनमा योगदान पुर्याउने जेष्ठ कम्युनिस्ट नागरिकहरुलाई सम्मान समेत गरिएको थियो ।