सामजिक विषयको प्रश्नपत्र पनि बाहिरियो

प्रकाशित मिति:

 बुटवल – माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्र बाहिरिएको आशंका गरिएको छ  सामाजिक विषयको प्रश्नपत्र सप्तरी र धनुषामा बाहिरिएको आशंका गरिएको हो । प्रश्नपत्र जनकपुरबाट बाहिरिएको हुनसक्ने अनुमान गरिएको छ ।

जनकपुरबाट बाहिरिएको प्रश्नपत्रलाई सामजिक सञ्जालमार्फत सप्तरी पुगेको आशंका गरिएको हाम्रा संवाददाता विद्यानन्द रामले जानकारी दिनुभयो । सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सप्तरीबाट प्रश्नपत्र नबाहिरिएको पुष्टि गनुभयो । ‘हाम्रो जिल्लाबाट प्रश्नपत्र बाहिरिएकै छैन,’ उहाँले भन्नुभयो, ‘प्रश्नपत्रमा लगाइएको लाहछाप उप्किएकाे छैन ।’ प्रश्नपत्र राती ११ बजे नै बाहिरिएको थियो । यसअघि बिहिबार सप्तरी र सिरहामा विज्ञान बिषयको प्रश्नपत्र बहिरिएको थियो । जसकारण प्रदेशभर विज्ञान विषयको परीक्षा रद्द गरिएको थियो ।