अमेरिकाबाट प्रचण्डले अपमानको पाठ सिकेका हुन त !

प्रकाशित मिति:

काठमाडौं – अमेरिकाबाट फर्किने क्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले एउटा नयाँ अनुभव सुनाए । सशस्त्र युद्धपति पहिलो पटक अमेरिका गएका प्रचण्डले फर्किने क्रममा अमेरिकामा नेपालीहरुले नेपाल र नेपाली नेतृत्वप्रति नकारात्मक टिप्पणी गर्ने गरेको अनुभव सुनाएका छन् ।

पत्नी सीता दाहालको उपचारको लागि अमेरिका पुगेका दाहाल बिहीबार नेपाल फर्किएका हुन् । नेपाल फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो अनुभव सुनाएका हुन् । मेरिल्याण्ड अस्पतालमा श्रीमतीको उपचारकै क्रममा प्रचण्ड विरुद्ध उजुरी समेत परेको थियो । यद्यपि आफूमाथि कुनैपनि अप्रिय घटना नभएको समेत उनले सुनाएका छन् ।  उनले अमेरिकामा रहेको बेला त्यहाँको संसद् र जनप्रतिनिधिहरुबीच दुईपक्षीय वार्ता समेत भएको प