प्रदेश २ को परीक्षा स्थगित, बाेर्डको आकस्मिक बैठक बस्दै

प्रकाशित मिति:

काठमाडौं – सामाजिक विषयको प्रश्नपत्र आउट भएसँगै प्रदेश २ को समाजिक विषयको परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बाेर्डका परीक्षा नियन्त्रण बिष्णु अधिकारीका अनुसार नियमित तर्फको परीक्षा स्थगित गरिएको छ । प्रदेश नम्बर २ मा पनि प्राविधिक र ग्रेडवृद्धि. परीक्षा भने सञ्चालन हुने उहाँको भनाइ छ ।

प्रश्नपत्र आउट हुनु एकदमै दुःखद रहेको बताउँदै राष्ट्रिय परीक्षा बाेर्डले परीक्षा कहिले गर्ने र यस्ता घटना हुन नदिन कसरी सतर्कता अपनाउने भन्नेबारेमा छलफल हुन लागेको बताउनुभयो । बिहिबार पनि प्रदेश नम्बर २ मा प्रश्नपत्र बाहिरिएपछि विज्ञान संकायको परीक्षा रद्द भएको थियो । त्यसकाे परीक्षा २२ गते गर्ने निर्णय भएको छ ।