सहकारीकमा आर्थिक शुसासन विषयक अभिमुखिकरण

प्रकाशित मिति:

झविन्द्र देवकोटा बुटवल, १५ चैत । सहकारीकर्मीमा क्षमतावद्धि तथा आर्थिक शुसासन विषयमा अभिमुखिकरण कार्यक्रम शुक्रबार बुटवलमा गरिएको छ । सहकारीमा हुने अपारदर्शिलाई कसरी दुरुस्त राख्ने र सहकारीकर्मीलाई क्षमतावान कसरी बनाउन सकिन्छ भन्ने विषयमा बुटवलको आवाज वचत तथा ऋण सहकारी संस्थाले अभिमुखिकरण कार्यक्रम गरेको हो ।  ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर गरिएको कार्यक्रममा मुलुक नयाँ संरचनामा गएसँगै सहकारी संचालनमा समस्या देखिएको भन्दै केन्द्रीय, प्रदेश र स्थानीय सरकारले सहकारीप्रति गर्ने ब्यवहार सकारात्मक र सहकारीमैत्री हुनु पर्ने कुरामा जोड दिइएको थियो । कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी महासंघ नेप्स्कुनका संचालक कृष्णप्रसाद नेपालले सहकारीमा शुसासन, सहकारी ऐन, संघिय संरचना र सहकारी ऐन लगायतका विषयमा सहजिकरण गर्नु भएको थियो ।  आवाज सहकारीका अध्यक्ष बाबुराम बन्जाडेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार खुसिराम अर्याल, शुसिलमणि पोखरेल, लेखा संयोजक डिवी राना लगायतले सहकारी ऐनका बारेमा स्पष्ट हुन नसक्दा सहकारी संचालनमा समस्या देखिएको बताएका थिए । कार्यक्रमको संचालन सचिव बालकृष्ण पाण्डेले गर्नु भएको थियो ।