डिएलएका असन्तुष्टहरु पनि लागे अधिकारीक उम्मेदवार जिताउन

असन्तुष्ट भएकाहरु पनि पछिल्ला केही दिनदेखि आधिकारीक उम्मेदवारलाई नै विजयी गराउन सक्रिय भएका छन्

प्रकाशित मिति:

काठमाडौँ,  चैत । नेपाल बार एसोसिएसनको निर्वाचनका लागि डेमोक्र्याटिक लयर्स एसोसिएसन डिएलए का तर्फबाट उम्मेदवार छनौटपछि असन्तुष्ट भएकाहरु पनि पछिल्ला केही दिनदेखि आधिकारीक उम्मेदवारलाई नै विजयी गराउन सक्रिय भएका छन् ।  डिएलए र वारका पुर्व अध्यक्षहरु, बरिष्ठ अधिवक्ताहरु र अध्यक्षका आकांक्षीहरु उम्मेदवार छनौटपछि असन्तुष्ट भएर केहीदिन निस्क्रीय भएपनि अहिले भने सवै जना उम्मेदवारहरु विजयी गराउन सक्रिय भएको डिएलएका उपाध्यक्ष राजु कटुवालले जानकारी दिनुभयो । डिएलएको उम्मेदबारीप्रति असन्तुष्ट हुनु भएको भनिएका बरिष्ठ अधिवक्ता तथा बारका पुर्व अध्यक्षद्धय हरिहर दाहाल, प्रेमबहादुर खड्का, अध्यक्षका आकांक्षीद्धय माधव बास्कोटा, यदुनाथ खनाललगायतले पनि व्यक्तिगत चाहना र असन्तुष्टीलाई विर्सेर लोकतान्त्रवादी कानुन व्यवसायीहरुलाई विजयी गराउनु अहिलेको आवश्यकता भएको बताउदै उनीहरुलाई जिताउने पक्षमा लाग्नु भएको हो ।  आफुहरुले असहयोग गरेर वा निस्क्रिय भएर डिएलएका उम्मेदवार पराजित भएमा लोकतान्त्र, विधिको शासन, स्वतन्त्र न्यायपालिकामा नै असर पर्ने भएकाले असन्तुष्टी भएपनि लोकतन्त्रवादीलाई जिताउन आवश्यक रहेको उहाँहरुले बताउने गर्नुभएको छ ।  आफुले चाहेकालाई उम्मेदवार बनाउन नपाएपछि केही दिन डिएलएका केही अगुवाहरु असन्तुष्ट रहेको देखिएको थियो ।

तर अहिले उनीहरुले नै आफ्ना निकटस्थहरुलाई सूनिल कुमार पोखरेल नेतृत्वको समूहलाई विजयी गराउन सक्रिय भएर लाग्न निर्देशन दिएका छन् ।  सत्तारुढ दल निकट कानुन व्यवसायीहरुको समूहले जितेमा सत्ता पक्षको प्रभावमा परेर लोकतन्त्र, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, विधिको शासन, भ्रष्टाचार तथा राजनीतिक हस्तक्षेपका बारेमा बारले आवाज उठाउन नसक्ने भएकाले विपक्षी दल निकट र लोकतन्त्र पक्षधरलाई नै जिताउनु पर्ने उनीहरुको भनाई छ ।  बार एसोसिएन सरकारको प्रभावमा नपरी नागरिकका तर्फबाट आवाज उठाउनु पर्ने संगठन भएकाले सत्तासँग नजिक नभएकाहरु विजयी भएमा आवाज उठाउन नसक्ने उहाँहरुको ठम्याई छ ।  उहाँहरुले उम्मेदवारहरुलाई भेटेर वा फोन गरेर जितका लागि शुभकामना र सुझावहरु पनि दिने गर्नुभएको छ । बारका पुर्वमहासचिव समेत रहनु भएका अध्यक्षका उम्मेदवार पोखरेलले विगतमा आफुले पाएको जिम्मेबारी सफलतापूर्वक पुरा गरेको र आफ्नो अहिलेको समूह सवै दृष्टीकोणले सन्तुलित, समावेशी र प्रतिनिधिमुलक भएकाले मतदाताले विजयी गराउने विश्वास व्यक्त गर्नुभएको छ ।  उहाँले कानुन व्यवसायी पारदर्शी हुनुपर्छ भन्ने मान्यतालाई व्यवहारमा देखाउन र बारलाई समेत पारदर्शी बनाउन भन्दै हिजो सम्पत्ति विवरण सार्वजनिक गरेकोमा त्यसलाई धेरैले सकारात्मक रुपमा लिएका छन् । अध्यक्षका उम्मेदवार पोखरेलले बारको अध्यक्षमा निर्वाचित भएमा कार्यकाल सकिएपछि पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रतिवद्धता जनाउनु भएको छ । बार एसोशिएसनको उम्मेदवारले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कुनै बैधानिक व्यवस्था नभएपनि उहाँले विवरण सार्वजनिक गर्नुभएको हो ।  पोखरेल नेतृत्वको समूहले लोकतन्त्रको रक्षा र विकासका लागि लोकतान्त्रीक समूह नै विजयी हुनुपर्ने दावी सहित चुनाव प्रचार प्रसारलाई तिव्रता दिएको डिएलएकी महासचिव लक्ष्मी दाहाल रावलले जानकारी दिनुभयो ।  कानून व्यवसायीहरूको छाता संगठन मानिने एसोसिएशनको नयाँ नेतृत्व चयनका लागि यही चैत १६ गते शनिबार ९भोली० मतदान हुन लागेको छ । एसोसिएसनमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, सबै प्रदेशबाट एक÷एक जना र एक महिला गरी ८ उपाध्यक्ष तथा अन्य १४ जना सदस्यसहित २५ सदस्यीय कार्यसमिति निर्वाचित हुने व्यवस्था छ ।