स्याङ्जा समाज जापानको चौथो अधिबेशनको तयारी तिव्र

प्रकाशित मिति:

टोकियो । स्याङ्गजा समाज जापानको चौथो अधिबेशन यही मार्च महिनाको आउदो आइतबार ३१ तरिक टोकियो रोधी घरमा भब्य रुपमा हुँदै छ । गत आइतबार टोकियो रोधी घरमा अध्यक्ष सागरमणि भण्डारीको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधि प्रबेक्षक् ,अतीथि तथा प्रमुखा अतिथि ्को टुंगो लगाई अगाडी बढेको छ । निर्बाचन प्रक्रिया पनि पूर्ण रुपमा अगाडी बढेको निर्बाचन संयोजक दिनेस गुरुङले बताउनु भयो । आर्थिकको बारेमा भने बृहत छलफल भयो भने हल ब्यबस्थापन र अन्य सम्पूर्ण तयारी द्रुतगतिमा अगाडी बढेको जनाएको छ । बैठकले हलभित्रको केहि चर्का चर्की र सभ्य बहसका बाबजुद पनि लगभग नया कार्य समितिको अध्यक्षमा ५ जनाको दाबेदार रहेको जसमा सागरमणि भण्डारी,धुर्ब ज्ञवाली,पिताम्बर चापागाईं र भिम न्यौपाने को पनि दाबेदार रहेको भिज्ञी स्रोतले जानकारी दिएको छ छ । अरु अन्य पदका लागि भने खासै विरोध नभएको भनाइ व्यापक चलेको छ । अधिबेशनको माहोल यसरी तातेको छ कि स्याङ्गजा जिल्लाको पुरै भूगोललाई समेटेर समिति बन्नु र्ने धेरैको धारणा छ । बैठक रमाइलो बातावरणका साथ सम्पूर्ण सदस्यहरु सत प्रतिसत सहमतिमा बैठक टुंगाइएको थियो ।
बैठकले जापान भित्रका अन्य संघ सस्थालाई समेत शिक्षा हुने अति उत्तम तरिकाले भब्य र सभ्य तवरमा अधिबेसन सम्पन्न गराउने निर्णय गरेको छ ।