विप्लव समूहमा आबद्ध रहेको भन्दै प्रधान अध्यापक पक्राउ

प्रकाशित मिति:

कपिलवस्तु – नेत्र विक्रम चन्द नेतृत्वको नेकपामा संलग्न रहेको आरोपमा जिल्लाको जनता माध्यमिक विद्यालयका प्रधान अध्यापक राम निवास चौहानलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ । विप्लव समूह निकट अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष समेत रहेको र निषेधित क्रियाकलापमा संलग्न रहेको आशंकामा चौहानलाई मायादेवी गाउँपालिकाको पकडीबाट पक्राउ गरिएको हो ।

पक्राउ गरिएका चौहानमाथि सार्वजनिक हित तथा सुरक्षा नैतिकताविरुद्धको कसुर मुद्धामा १५ दिनको म्याद थप गरी प्रहरी अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताउनु भयो । पक्राउ परेका चौहानलाई जिल्ला प्रहरी कार्यालयमा थुनामा राखिएको छ । यस अघि जिल्लामा विप्लव समूहमा आबद्ध रही विभिन्न क्रियाकलापहरु सञ्चालन गरेको भन्दै अन्य ३ जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।