४ घन्टाभित्र देशभरको प्रश्नपत्र रुजु गर्न शिक्षा मन्त्रालयको निर्देशन

प्रकाशित मिति:

काठमाडौं  – प्रदेश २ मा लगातार एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले देशभरका एसईई प्रश्नपत्र ४ घन्टाभित्र रुजु गर्न निर्देशन दिएको छ ।लगातार एसईईको प्रश्नपत्र बाहिरिएपछि विहिबार सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । साथै बैठकले साँझ ६ बजे भोलीको परिक्षाको लागि कस्तो संयन्त्र अप्नाउने भन्ने विषयमा पनि निर्णय गरिने शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो ।

यस्तै केन्द्रय अनुसन्धान ब्युरोको टोलीले प्रदेश २ मा बाहिरिएको प्रश्नपत्रको विषयमा अनुसन्धान गर्न पुगिसकेको पनि बताइएको छ । प्रदेश २ मा बिहीबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको थियो ।