नेविसंघ तदर्थ समिति एक साताभित्र : सहमहामन्त्री महत

प्रकाशित मिति:

चितवन — नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले एक साताभित्रमा नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन गरिने बताएका छन् ।

शुक्रबार चितवनमापत्रकारसँग कुराकानी गर्दै उनले तदर्थ समिति गठनका लागि गृहकार्य भइरहेको जानकारी दिए । नेता महतले यसअघि नेविसंघ केन्द्रीय समितिको कार्यकाल सकिएपछि स्वतः भङ्ग भएसँगै रिक्त रहेकोमा तदर्थ समिति गठन गर्न लागिएको बताए । उनलेतदर्थ समितिले ६ महिनाभित्रमा महाधिवेशन गरी सक्नुपर्नेबताए ।

महतले नेविसंघको विधानअनुरुप अबको महाधिवेशनले ३२ वर्षभित्रका विद्यार्थीलाई मात्र नेतृत्वमा ल्याउन सक्छ तर तदर्थ समितिमा भने उमेरको हद लागू नहुने बताए । लगानी सम्मेलन महत्वपूर्ण भए पनि यसका लागि सरकारले व्यापक गृहकार्य गर्न नसकेको भन्दै सम्मेलनलाई सबैले सफल बनाउनुपर्नेमा जोड दिए ।