दीपमा शुभकामना कार्यक्रम सम्पन्न

१५ चैत्र २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया
43 Shares


बुटवल-बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कूलमा शुक्रबार शुभकामना तथा विदाई कार्यक्रम सम्पन्न भएको छ । कक्षा १२ को बोर्ड परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूलाई परीक्षा सफलताको शुभकामना सहित आगामी शैक्षिक यात्राको उत्तरोत्तर प्रगतिको शुभेक्षा प्रकट गर्न कक्षा ११ का विद्यार्थीहरूले उक्त कार्यक्रम गरेका हुन् ।

कक्षा ११ का विद्यार्थी शशाङ्क बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजू र प्राचार्य टीकाराम न्यौपानेले कक्षा १२ का विद्यार्थीहरूलाई परीक्षा सफलता तथा समुज्वल भविष्यका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।उक्त कार्यक्रममा कक्षा ११ विद्यार्थीहरूले कक्षा १२ का विद्यार्थीहरूलाई मायाको चिनो सहित परीक्षा सफलताको शुभकामना व्यक्त गरेका थिए भने कक्षा १२ का विद्यार्थीहरूले कार्यक्रम आयोजना गरेकोमा कक्षा ११ का विद्यार्थीहरूलाई धन्यवाद दिँदै विद्यालयलाई समेत मायाको चिनो प्रदान गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजूको प्रमुख आतिथ्यता, विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष उमाकान्त चापागाईं, प्राचार्य टीकाराम न्यौपाने, उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल, सुरेन्द्रकुमार शाक्य, प्लस टु संयोजक वसन्त जोशी, व्यवस्थापन सङ्कायका संयोजक डी.बी. रायमाझी, विज्ञान सङ्काय संयोजक कमल नेपाल लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा रचना जि.सी.ले स्वागत, मनिषा पोख्रेलले शुभकामना मन्तव्य तथा जेसिका रायमाझी र स्वप्निल कोइरालाले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन विद्यार्थीद्वय मनोहर श्रेष्ठ र ऐश्वर्या कंडेलले गरेका थिए । कार्यक्रममा कक्षा ११ र १२ विद्यार्थीहरूले गीत, नृत्य र हाँस्यव्यङ्ग्य प्रस्तुत गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया