पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष र सदस्य माथि हातपात

प्रकाशित मिति:

पाल्पा – नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेशकुमार अर्याल र सदस्य बिजयकुमार बौडेलमाथि हातपात भएको हो ।तानसेन नगरपालिकाले गत फागुन १५ गते तानसेनको होलाङदीदेखि ढुंगाखानी सडक केन्द्रदेखि दायाँबायाँ १०–१० मिटर चौडा पार्ने निर्णय गरेको थियो । पाल्पाका पत्रकारहरूले यस विषयमा समाचार प्रकाशन प्रशारण गरेको विषयलाई लिएर स्थानीय बासिन्दाको नाममा बाटो चौडा बनाउन नदिने भन्दै आन्दोलनरत समूहले अर्याल र बौडेलमाथि शुक्रवार दिउँसो हातपात गरेका हुन् ।

तानसेनमा बाटोको बिषयमा लेख लेखेको भन्दै प्रर्दशनकारीले पत्रकार बिजय बौडेललाई टुँडिखेल मैदानमा हात पात गरेका थिए भने घटनाबारे स्थलगत रुपमा बुझ्न गएका अध्यक्ष अर्यालमाथि समेत सोही समूहले हातपात गरेको हो ।आक्रमणमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी बिश्वमणी पोखरेलले बताए ।

घटनाको बिषयलाई लिएर महासंघद्धारा बिज्ञप्ति जारी


घटनाको निन्दा गर्दै नेपाल पत्रकार महासंघ पाल्पा शाखाले चैत १५ गते एक प्रेस बिज्ञप्ति जारी गरेको छ । महासंघले बिज्ञप्ति मार्फत घटनामा संलग्न बावुराम विष्ट, शैलेन्द्र भट्टराई र लक्ष्मण रेग्मी लगायतलाई कारवाहीको समेत माग गरेको छ । नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेशकुमार अर्याल, शाखाका सदस्य विजयकुमार बौडेललगायतका पत्रकारहरूलाई समाचार संकलनका क्रममा हातपात गरी ज्यान मार्ने प्रयास गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ पाल्पा लगायत पाल्पाका सम्पूर्ण संचारकर्मीहरू घोर भत्र्सना गर्दछौँ ।सूचना संकलन तथा प्रकाशन प्रशारण निर्वाध रुपमा गर्न पाउने प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप निन्दनीय कदम हो । यसर्थ निहत्था संचारकर्मी माथि हातपात गर्ने र ज्यान मार्ने धम्की समेत दिने उपर आवश्यक कानूनी कारबाही गर्न साथै पाल्पाली संचारकर्मीहरुको ज्यानको सुरक्षा र अभिव्यक्ति स्वतन्त्रताको रक्षाको लागि प्रहरी प्रशासनलगायत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौँ । महासंघका उपाध्यक्ष भरत शर्मा र सचिव किरण कौशलद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।तानसेन नगरपालिकाले बजार क्षेत्रको होलांगदीदेखि ढुंगाखानीसम्मको सडकमा दाया बाया १० । १० मिटरका घर टहरा भत्काउने निर्णय गरेपछि प्रभावितहरु आन्दोलनमा रहेका छन् ।