लायन्स क्लब अफ बुटवल क्षितिजमा नया नेतृत्व

प्रकाशित मिति:

बुटवल -लायन्स क्लब अफ बुटवल क्षितिजले लायन्स बर्ष २०१९र२० का लागि नया कार्यसमितिको चयन गरेको छ । लायन्स बर्ष २०१८र१९ का अध्यक्ष लायन नारायण बहादुर थापा ज्युको अध्यक्षतामा लायन्स डिस्डटिक एरिया ४ का एरिया चिफ पुरुषोत्तमभक्त प्रधानाङ्ग को प्रमुख आथित्यता साथै सस्थापक अध्यक्ष राजिव श्रेष्ठको उपस्थितिमा सम्पन्न भएको निर्वाचन कार्यक्रम बाट फवन लाकौलको अध्यक्षतामा नया कार्यसमितिको चयन भएको हो जसको प्रथम उपाध्यक्षमा शंकर पाण्डे द्वितीय उपाध्यक्षमा आबिश्कार खनाल तृतीय उपाध्यक्षमा लोकेन्द्र लिम्बू सचिबमा क्षितिज प्रधान कोषाध्यक्षमा धुर्ब कुमार शर्मा एलसिआइफ संयोजकमा प्रकाश परियार सह सचीवमा पुजन थापा सह कोषाध्यक्षमा प्रदिप गुप्ता सर्बिस चेयर पर्सनमा सम्भु पाण्डे सहित अन्य ९ जना सदस्यहरु कार्यसमिति सदस्यमा निर्वाचित भएको र सो अवसरमा लियो क्लब अफ बुटवल क्षितिजको समेत आयुस खत्रीको अध्यक्षता नया कार्यसमिति चयन भएको निर्वाचन समितिका संयोजक एवं क्लबका पुर्व अध्यक्ष मिलन कुमार पुनले जानकारी दिनुभयो ।