नवलपरासीको बर्दघाट सपहियाबाट हराएको बालक अझै सम्म सम्पर्क विहिन

प्रकाशित मिति:

रामु भुषाल, नवलपरासी-पश्चिम नवलपरासीको सपहियाबाट हराएको बालक अझै सम्म सम्पर्कमा आउन सकेका छैनन । गत चैत्र १० गते आइतबार विहान विद्यालय जान हिडेको बालक विद्यालय नपुगी बिच बाटै बाट बेपत्ता भएको र शुक्रबार पाचौ दिन वितिसक्दा पनि सम्पर्कमा आउन नसक्दा परिवार चिन्तित भएका छन ।

बेपत्ता हुने बालक जिल्लाको बर्दघाट नगरपालिका वडा नम्बर १२ सपहिया बस्ने छविलाल पाण्डे र मनरुपा पाण्डेको १५ बर्षिय छोरा प्रेम पाण्डे विजय रहेका छन । शुक्रबार सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै आफ्नो छोराको खाजी गरिदिनुहुन सञ्चारमाध्यम, प्रहरी प्रशासन, मानवअधिकारकर्मी समक्ष परिवारजनले आग्रह समेत गरेका छन । पारिवारिक श्रोतले दिएको जानकारी अनुसार गहु गोरो वर्ण भएका एडिडसको कालो ज्याकेट र जिन्स पाइन्ट लगाएका साइकलमा सवार प्रेम पाण्डे छोरा विजय र समग्र परिवारको कही कोही कसैसंग दुश्मनी र रिसराग नरहेको आमा मनरुपा पाण्डेले जानकारी दिनुभएको छ । बालक हराएको तेस्रो दिन बर्दघाट १६ कुकुरमाराको रहरघारीमा सोही बालककै स्कुल ड्रेस फेला परेको तर बालकको भने कुनै जानकारी नपाएको पारिवारिक श्रोतले जानकारी गराएको छ ।

स्कुल जान्छु भनेर हिडेका बालक स्कुल नपुग्दै बीच बाटो बाटै हराएको र परिवारको सदस्य हराउदा सिगाें परिवार र आफन्तजनहरु चिन्तित भएका छन । बेपत्ता भएका सो बालक कही कतै कसैले फेला पार्नु वा देख्नुभएमा नजिकको प्रहरी कार्यालय, सञ्चारमाध्यम र परिवारजनलाई जानकारी गराइदिनुहुन साथै ९८४६७९४१२१ र ९८२१५२०३०४ मा सम्पर्क गरेर खबर गरि सहयोग गरिदिनुहुन बाबा छविलाल पाण्डेलेसबैमा आग्रह समेत गर्नुभएको छ ।