‘ए मेरो हजुर ३’ ट्रेलरले तोड्यो ‘क्याप्टेन’ को रेकर्ड

प्रकाशित मिति:

अभिनेता अनमोल केसीलाई युट्युबका ‘किंग’ भन्ने गरिन्छ । किनकि, उनी अभिनीत फिल्मका गीतसंगीत र ट्रेलरले युट्युबमा एकपछि अर्को गर्दै रेकर्ड आफ्नो नाम गरिरहेका छन् । र, अनमोलले हरेक फिल्मबाट आफ्नै रेकर्ड ब्रेक गरिरहेका छन् । केही हप्ता अगाडि सर्वाधिक भ्यूज बटुल्दै फिल्म कृ को ट्रेलरको रेकर्ड फिल्म क्याप्टेनु ले तोडेको थियो । केही दिन अगाडि ए मेरो हजुर ३को परान गीतले फिल्म शत्रु गतेु को रुपै मोहनीु को रेकर्ड भत्कायो ।

फेरि अनमोलले आफ्नै फिल्मको ट्रेलरले युट्युबमा बनाएको कीर्तिमानी रेकर्ड आफैंले तोडेका छन् । फिल्म क्याप्टेनु को ट्रेलरले युट्युब रिलिजको २४ घण्टामा ८ लाख १० हजार भ्यूअर्स बटुलेको थियो । ए मेरो हजुर ३ु को ट्रेलरलाई २४ घण्टामा ८ लाख ११ हजार बढी पटक हेरिएको छ । पूर्ण रुपमा कमर्शियल बनाइएको ट्रेलरलाई ४९ हजार बढी लाइक्स मिलेको छ भने कमेन्ट गर्नेहरुको संख्या २४ घण्टामा ७ हजार ७ सय बढी छ । ट्रेलरले अधिकांशको मन जितेको छ ।

अभिनेता अनमोललाई ट्रेलरमा दुई रुपमा देख्न सकिन्छ । उनी फिल्ममा डबल रोलमा हुनसक्ने अनुमान लगाइएको छ । यस फिल्मबाट डेब्यू गरेकी सुहाना थापाको अभिनय र सुन्दरतालाई पनि थुप्रै तारिफका कमेन्ट प्राप्त छन् । उनलाई हाइट कम भएको प्रतिक्रिया पनि धेरै छन् । यद्यपि, अनमोलसँग उनको केमेस्ट्रीलाई अत्याधिक रुचाइएको छ । जिन्दगी नै भन्दिनँ र परानु गीतसँगै सार्वजनिक ट्रेलरले फिल्मको लोभलाग्दो हाइप निर्माण गरेको छ । सलोन बस्नेत, अर्पण थापा, रेअर राई, रबिन्द्र झा, सरोज खनाललगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । झरना थापाले निर्देशन गरेकी हुन् । निर्देशक थापा र सुमन पौडेलको कथा रहेको फिल्ममा सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन छ । यसमा कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी छ । फिल्म यही चैत २९ गतेबााट मुलुकभर प्रदर्शनमा आउँदैछ ।