रातो घरमा प्रहरीले डोजर लगायो

प्रकाशित मिति:

बुटवल -नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कब्जा गरेर प्रयोग गर्दै आएको बुटवल पाल्पारोडस्थित राष्ट्रिय वाणिज्य बैंकको भवनलाई प्रहरीले डोजर लगाएर भत्काएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलले शुक्रबार भवनमा डोजर लगाएको हो । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरेर भवन भत्काइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता धर्मराज भण्डारीले बताए ।राष्ट्रिय बाणिज्य बैंकको यो भवन १३ वर्षअघि तत्कालीन माओवादीले कब्जा गरेको थियो । माओवादी विभाजनपछि मोहन वैद्य समूह हुँदै पछिल्लो पटक विप्लव नेतृत्वको समूहले प्रयोग गर्दै आएका थिए । गत हप्ता प्रहरील रातो घरबाट विप्लव समूहको बोर्ड र झण्डा हटाएको थियो ।११ कठ्ठा जग्गा समेत रहेको उक्त स्थानमा वाणिज्य बैंकले नयाँ भवन बनाउने स्रोतले जनाएको छ ।