देशभरिकै मौसम बदली

प्रकाशित मिति:

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम अहिले बदली भएको छ ।पूर्व र पश्चिममा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले अहिले देशभरिकै मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् मन्जु बासीका अनुसार यो प्रणाली पश्चिममा कमजोर हुँदै गएकाले आज पश्चिमको मौसम एकैछिन खुल्दै बदली हुनेछ । तर काठमाण्डौसहित मध्य र पूर्वी क्षेत्रको मौसम भने सामान्यतया बदली भई दिउँसोपछि मेघगर्जन र हावाहुरीसहित पानी पर्ने उहाँको अनुमान छ ।यस्तै उच्च हिमाली क्षेत्रमा हिमपात पनि हुने सम्भावना छ । अहिले बदली गराएको प्रणाली पूर्वमा अझै रहने देखिएकाले मध्य र पूर्वको मौसम एक दुई दिन पूर्ण रुपमा खुल्ने सम्भावना नभएको मौसमविद् मन्जु बासीले बताउनुभयो ।