ज्योति बैंकको एकीकृत कारोबार सुरु

प्रकाशित मिति:

नुवाकोट-नुवाकोटमा केन्द्रीय कार्यालय रहेको हाम्रो विकास बैंक शुक्रबारदेखि ज्योति विकास बैंकमा समाहित भएको छ । ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई प्राप्ति ९एक्विजिसन गरेपछि औपचारिक रुपमा ज्योति विकास बैंकको नाममा कारोबार सुरु भएको हो ।

एकीकृत कारोबारको नेपाल राष्ट्र बैंकका सञ्चालक सदस्य रामजी रेग्मीले शुक्रबार सुरू गरेका थिए । उनले ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई प्राप्ति गरेपछि अझै सबल हुने र बैंकिङ सेवा विस्तारित हुने विश्वास व्यक्त गरे ।बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले एकीकृत कारोबार पश्चात् विकास बैंकहरुमा चुक्त पूँजीको हिसाबले सबैभन्दा ठूलो विकास बैंक भएको बताए । एकीकृत कारोबार पश्चात् बैंकको निक्षेप २६ अर्ब ३८ करोड, कर्जा २३ अर्ब ५७ करोड पुगेको छ भने चुक्त पूँजी तीन अर्ब १० करोड पुगेको छ । यस्तै शाखा ९५ पुगेको छ भने चालू आवमा दुई वटा नयाँ शाखा र २६ स्थानमा एटिएम सञ्चालन गर्ने योजना रहेको बैंकले जनाएको छ ।