गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार बरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठलाई दिने घोषणा

१६ चैत्र २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया
29 Shares


काठमाडौं –  रिपोर्टर्स क्लब नेपालले यो वर्षको गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार बरिष्ठ पत्रकार एवम् कामना प्रकाशन प्रा.लीका अध्यक्ष पुष्करलाल श्रेष्ठलाई दिने घोषणा गरेको छ । पुरस्कारको राशी १ लाख रुपैयाँ र ताम्रपत्र रहेको छ । क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा शुक्रबार बसेको पुरस्कार छनौट समितिको बैठकले सो निर्णय गरेको हो । श्रेष्ठ नेपाल समाचारपत्रका संस्थापक एवम् प्रधान–सम्पादक हुनुहुन्छ।

विगत साढे तीन दशकभन्दा लामो समयदेखि पत्रकारितामा अविरल क्रियाशिल श्रेष्ठको योगदानको उच्च मूल्यांकन गर्दै क्लबले यही चैत्र १७ गते २१ औं वार्षिकोत्सवको अवसरमा उक्त पुरस्कार प्रदान गर्न लागेको हो । वि.स. २०४२ साल मंसिर १५ गते कामना मासिक प्रकाशन गरेर श्रेष्ठले पत्रकारिताको यात्रा तय गर्नुभएकाे हाे । नेपाली पत्रकारिताको व्यवसायिक जग बसाल्ने श्रेयपनि श्रेष्ठलाई नै जान्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • आज शनिबारको राशिफल
  • डिभीको रिजल्ट आज आउँदै, यसरी हेर्नुहोस् रिजल्ट
  • राप्तीमा पहिलो बौद्ध गुम्वाको शिलान्यास
  • कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर आकर्षक स्वास्थ्य केन्द्र बनाउने…
  • कोभिड १९ राहत कोषमा ४० लाख ४३ हजार संकलन
  • स्वास्थ्यकर्मीमाथी भएको आक्रमण तथा दुव्र्यवहार प्रति दुख व्यक्त
  • बिश्व बाताबरण दिवसको सन्दर्भमा कञ्चन जेसिजद्धारा बृक्षारोपण
  • पेखु ठानामा चक्लाबन्दी खेती अन्तर्गत सुन्तला, कागती रोपियो
  • कोरोना विशेष देउखुरी आईसुलेसन केन्द्र मौरिघाट स्थापना हुने
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाद्वारा नि:शुल्क शुद्व तरकारीहरु, फलफुल र…