के साँच्चै लगानीमै अड्किएको हो बिकाश ?

प्रकाशित मिति:

सरकारले बिभिन्न योजनाहरु सहित लगानी भित्राउने उद्धेश्यले लगानी सम्मेलन गर्यो । सरकारले निजी क्षेत्रहरुलाई आकर्षित गर्न र उनीहरुको लगानी क्षमताको आधारमा त्यसलाई प्रयोग गर्ने गराउने र देशमा लगानीको वातावरण छ भनेर बुझाउनका लागि गरिएको यो प्रयास आफैमा सकारात्मक भए पनि यसको आवश्यक औचित्य माथि प्रयाप्त तयारी भएन । सबैलाई थाहा भएकै कुरा हो नेपालको कमजोर अर्थतन्त्रले सोंचे अनुरुप ठुला योजनाहरुमा लगानी गर्न सक्ने अवस्था छैन ।

त्यस माथि बिकेन्द्रिकृत योजना तथा कार्यान्वयन प्रकृयामा संघीय संरचनाले खेल्ने भुमिकाका बिच स्थानीय, प्रदेश र संघको तारतम्यताका बिच सबै योजनाहरु प्राथमिकतामा पर्छन भन्ने कुरा हुँदैन । तर निजी क्षेत्रले हाम्रो लगानी नीतिमा टेकेर आफ्नै स्वव्यवस्थापनमा कार्य गर्दा त्यसको प्रभावकारिता हुने थियो भन्ने कुरा यसले सन्देश दिन्छ तर यसले हरेक दृष्टिबाट फाइदा नै गर्छ भन्ने कुरा भने पक्कै हैन । लगानीको भोली देखिदै जाने कुराहरु हुन् त्यसका परिणामहरु आउँदै जालान् तर यहाँ उब्जिएको प्रश्न के ठुला लगानीकर्ता कै अभावमा हाम्रो बिकाश पछाडि परेको हो त ? यसले धेरै प्रश्नहरु जन्माउँछ । देशमा भएका धेरै निजी क्षेत्रहरुले अहिले पनि लगानी गरि काम गरिरहेका छन् ।

अर्को तिर सरकारको सहयोग र आफ्नै प्रयासमा लघु उद्यम व्यवसाय गरिरहेकाहरुको व्यवसाय चौपट छ । यसको प्रमुख कारण हाम्रो आयातित व्यापार हो , निर्यातको अवस्था शुन्य जस्तै छ । निर्यात नहुँदा बाह्य आम्दानी नबढ्ला तर देश भित्रै त्यसले किन प्रतिस्पर्धा गर्न सकेनन् अथवा त्यसको वातावरण बन्न सकेन भन्ने कुरामा छलफल भएको छैन । एका तिर हामी सानै भए पनि व्यवसाय गर्न प्रेरित गरिरहेका छौं भने अर्को तिर तिनैसँग प्रतिस्पर्धा गर्न लगानीको साम्राज्य भित्राउन खोजिरहेका छौं । यि सबै प्रश्नहरुको जवाफ यसका बिश्लेषणहरुसँग होला तर हामीमा लगानी गर्ने क्षमता नभएको अथवा भएै पनि व्यवस्थापन गर्न नसकिएको, गरिएका लगानी अनुत्पादनशिल कार्यमा लगानी गरिएको र भएका प्रयासहरुमा दीगोपना दिन नसकिएको सामान्य चेत हाम्रा नीति निर्मातामा होस् ।