सजिलोको भित्तेपात्रो बिमोचन सम्पन्न

बुटवल-बुटवलमा रहेको सजिलो वचत तथा ऋण सहकारी संस्था लिमिडेटले आज सजिलो २०७६ सालको भित्तेपात्रो बिमोचन गरेको छ । मिलन चोकमा कार्यलय रहेको सहकारीले आज एक कार्यक्रमको आयोजना गरी बिमोचन गरेको हो । सजिलो वचत तथा ऋण सहकारी संस्था लिमिडेटका अध्यक्ष रामराज पोखरेलले सहकारीले सामाजिक क्षेत्रमा पनि काम गर्दै आएको बताउँनु भएको छ ।
बिमोचन कार्यक्रममा बोल्दै उँहाले सहकारीले बचत र ऋण सँगै सामाजिक क्षेत्रमा पनि काम गर्नुे पर्ने बताउँदै नँया वर्ष २०७६ सालको शुभकामना समेत ब्यक्त गर्नु भएको थियो । संस्थाका सल्लाहकार गोबिन्द मरासीनी, भित्तेपात्रो बिमोचनका संयोजक भिमलाल गोतमले कार्यक्रममा बोल्दै नँया बर्षको शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रम सहकारीका सचिब गुणानिधि खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया