प्रहरीको गाडी द्वारा स्कुटीलाई ठक्कर

प्रकाशित मिति:

काठमाण्डौ – भीआईपी स्कर्टिङमा रहेको सशस्त्र प्रहरीको भ्यानले स्कुटरलाई ठक्कर दिएको भिडियो सामाजिक सञ्जालमा आएपछि व्यापक आलोचना भएको छ ।बा १ झा ९५२७ नम्बरको सशस्त्र प्रहरीको भ्यानले ट्राफिक नियम विपरीत उछिन्न लाग्दा स्कुटरलाई पछिल्लो पाङ्ग्राले ठक्कर दिएको भिडियोमा देखिन्छ ।

सशस्त्र प्रहरीका प्रवक्ता सुरजकुमार श्रेष्ठका अनुसार भ्यानले पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकन्द्रबहादुर चन्दको सुरक्षामा खटिएको बेला शुक्रबार ११ बजे ठक्कर दिएको हो ।प्रवक्ता श्रेष्ठले भ्यान ठक्कर दिएर भागेको भन्दा पनि सुरक्षामा खटिएको भ्यान रोक्न नमिल्ने नियम भएको  बताउनुभयो ।