वडा नम्बर ७ को वडा भेला सम्पन्न

प्रकाशित मिति:

बुटवल -नेपाली कांग्रेसका जिल्ला सभापति तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकले अहिले जनतालाई कांग्रेसको अभाव खडकिएको बताएका छन् । कांग्रेसको अभावमा अहिले देशमा सर्वसत्तावाद लादिदै गएको जनताको गुनासोहरु आई रहेको उनले बताए ।

नेपाली कांग्रेस ७ नम्बर वडा समिति सिद्धार्थनगरले आयोजना गरेको वडाभेला तथा क्रियाशिल सदस्यता बितरण कार्यक्रममा बोल्दै रज्जाकले अहिलेको सरकारले लोकतन्त्रिक अधिकार, समानताको अधिकार, मौलिक अधिकारहरुको हनन् गरि रहेको आरोप लगाए । उनले सरकारले स्थानिय तह र प्रदेश सरकारहरुलाई समेत अधिकार दिन बाट पछि हटि रहेको जिकिर गरे । अहिलेको समय भनेको नेपाली कांग्रेसलाई बलियो बनाउने रहेको हुदा सबै कार्यकर्ताको ध्यान त्यतै केन्द्रित गर्न उनले आग्रह गरे । पार्टीको सबै भन्दा बलिया संगठन भनेकै वडा कमिटी रहेको हुदा यसलाई सक्रिय पार्न उनले आग्रह गरेका थिए ।

नेपाली कांग्रेस ७ नम्बर वडा समिति सिद्धार्थनगरका सभापति बसन्त कुमार लाल कर्णको अध्यक्षतामा सम्पन्न वडा भेलामा नेपाली कांग्रेसका ३ नम्बर क्षेत्रका क्षेत्रिय सभापति मात्रिका प्रसाद यादव, नगर सभापति दिलिप धिताल, महाधिवेशन प्रतिनिधि मन्जु गौतम, वडा अध्यक्ष भिमसेन कर्माचार्य, क्रियाशिल सदस्य प्रेम यादव, गंगा अधिकारी लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन वडा सचिव अमृत कर्माचार्यले गरेका थिए ।