नेपाल पत्रकार महासंघको ६४ औँ स्थापना दिवसको कार्यक्रम नवलपरासीको सुस्तामा सम्पन्न
रामु भुसाल नवलपरासी नेपाल पत्रकार महासंघको ६४ औँ स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ बर्दघाट सुस्ता पश्चिमको आयोजनामा सुस्ता समस्या समाधानमा सञ्चारकर्मीको भुमिका सम्बन्धी एक दिने अन्र्तकृया कार्यक्रम शनिबार सुस्तामा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका सभापति हरि शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा सूस्ताका स्थानीयवासीहरुले आफ्ना समस्याहरुका वारेमा पत्रकार तथा प्रदेश सभा सदस्य अजय बहादुर शाहीलाई जनाकारी गराउदै समाधानका लागि पहल गर्न अग्रह समेत गरेका थिए ।
सो अवसरमा प्रमुख अतिथि समेत रहनुभएका प्रदेश नम्बर ५ का सासंद अजय शाहीले सुस्ता समस्या समाधान गर्ने जिम्मेवारी सघिंय सरकारको भएपनि प्रदेश सभामा सुस्ता समस्या समाधानको लागी आफुले सधै आवाज उठाउदै आएको बताउदै सूस्ताका नेपालीहरुले कष्टकर जिवनयापन प्रति आफु अत्यन्त चिन्तित रहदै आएको अवस्थामा सुस्ता भुमीको रक्षाको लागी सुस्ताबासीको भुमिका प्रसंशनिय रहेको बताउनुभयो ।
सो अवसरमा नेपाल पत्रकार महासंद्दघका केन्द्रिय सदस्य पुरुषोत्तम सुवेदीले जननिर्वाचित प्रतिनिधिद्धारा सुस्ता समस्या समाधानको लागी दिदै आएको उधारो आश्वासनको अन्त्य गरि नगद कार्य गर्न सुझाव दिनुभयो । कार्यक्रममा सुस्ता बचाउ अभियान अध्यक्ष गोपाल प्रसाद गुरुंग, महिला नेत्री नुरजाह बेगम लैला, सुस्ता बचाउ अभियानका सदस्य रविन्द्र जैसवाल, पत्रकार महासंघका पुर्व सभापति केशव पराजुली, टिराम गैरे लगाएतले सुस्ता समस्या समाधान गर्न राज्य गम्भिर हुनुपर्ने कुरामाथि जोड दिनुभएको थियो ।सो अवसरमा ठुलो संख्याका पत्रकार र सुस्ताबासीको उलेख्य उपस्थिती रहेको कार्यक्रममा महासंघका उपाध्यक्ष नारायण सुवेदीको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन महासंघका जिल्ला सचिव राजकुमार रेश्मीले गनुएभउको थियो ।त्यस्तै सोही अवसरमा नेपाल पर्यटन पत्रकार महासंघ नवलपरासीले सुस्तामा पर्यटनको सम्भावना, अवसर र चुनौतीका बारेमा अन्र्तकृया कार्यक्रम सम्पन्न गरेको छ । नेपाल पर्यटन पत्रकार महासंघकी जिल्ला उपाध्यक्ष आरति रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुस्ताका विविध सम्धावना र अवसरका बारेमा सुस्ताबासीहरुले आ आफ्नो धारणा राख्नुभएको थियो । सोही अवसरमा सुस्ता बचाउ अभियानका सदस्य एवं रेडियो दाउन्ने श्रोता क्लब सुस्ताका अध्यक्ष रविन्द्र जैसवालले सुस्तामा पर्यटनको प्रचुर सम्भावना रहेको र यहाँ लगानीकर्ताहरु पनि उत्साहित रहेको हुदा राज्यले ध्यान दिएमा नवलपरासीको सुस्ता पर्यटकिय नगरि हुने, सुस्ता र सुस्ताबासीको मुहार फेरिने बताउनुभयो ।कार्यक्रममा पर्यटन पत्रकारका केन्द्रिय सदस्य मोहन पौडेल, प्रदेश उपाध्यक्ष बेनी माधव बस्याल, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि शर्मा, पर्यटन पत्रकार महासंघका केन्द्रिय सदस्य पुरुषोत्तम सुवेदी, मञ्चका पदाधिकारी, सुस्ता बचाउ अभियानका पदाधिकारी, समाजसेवी, बुद्धिजिवी, लगाएत नवलपारसकिा विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरुको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन सचिव राजु पोखरेलले गर्नुभएको थियो ।