अमेरीकामा हुने सम्मेलनमा फुटवलका लागी टिम दर्ता खुला, विजेतालाई तीन हजार अमेरिकी डलर

प्रकाशित मिति:

सबलपोष्ट – अमेरीका केपी भट्ट । युनाइटेड नेप्लीज एशोशिएशन युएनए को आसन्न चौथो सम्मेलनमा समासेव गरिएको फुटबल सकर का लागि टिम दर्ता खुल्ला गरिएको अमेरीकावाट पवन योन्जनले जानकारी दीनु भएको छ । खुल्ला र ३५ बर्ष माथि गरि दुई तर्फ प्रतिस्पर्धा गराइने भएको छ । खुल्ला तर्फ ११ साइज हुने छ भने ३५ बर्ष माथिको उमेर समुहमा सुपर एटमा खेलाइने छ । युएनए सम्मेलन मे २५ र २६ मा न्युयोर्कमा हुदै छ । युएनएद्वारा जारी विज्ञप्तिमा खुल्ला तर्फ टिम दर्ताका लागि पाँच सय अमेरिकी डलर र उमेर समुहमा तीन सय डलर टिमदर्ता शुल्क तोकिएको छ । यस्तै खुल्लातर्फको विजेताले तीन हजार र उप विवेताले एक हजार अमेरिकी डलर पाउने छन ।